पोखरा । विद्यार्थीको वाक्कला तथा पठन सिपलाई उजागर गराउने उद्देश्यले पोखराको नदीपुरमा अवस्थित प्रतिभा माध्यमिक विद्यालयको अतिरिक्त व्रिmयाकलाप अन्तर्गत शुक्रबार नेपाली समाचार वाचन प्र्रतियोगिता सम्पन्न भयो ।
नेपाली विभागको आयोजनामा सञ्चालित प्रतियोगितामाकक्षा ६देखि ७ कक्षाका ६२ जना विद्यार्थीहरूको सहभागी रहेको उक्त कार्यक्रम विद्यालयका संस्थापक प्राचार्य किरण सापकोटाको प्रमुख आतित्थ्यतामा भएको थियो । कार्यक्रममा सापकोटाले समाचार वाचन आफैमा अत्यन्त कैशलतापूर्वक गरिने विषय भएकोले समाचारमा लेखिएका शब्द र वाक्यलाई मात्र पढ्नु नभएर विशेष प्रकारको कला, क्षमता र खुबीलाई कसीमा राखेर जोखिने प्रतियोगिता भएकोले धेरैभन्दा धेरै छोराछोरीहरूले यस्ता कार्यक्रममा सहभागी हुनु पर्नेमा जोड दिए ।
विद्यालयका सह–प्राचार्य प्रदीप खनालको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा खनालले समाचार वाचन कार्यक्रमबाट आफूले सिकेका सिप र दक्षतालाई अझै अभ्यास गदै अगाडि बढेको खण्डमा कुनै पनि सञ्चार माध्यमहरूमा समाचार वाचन तथा एउटा राम्रो पत्रकार बनेर भविष्यमा केही बन्नको लागि कोसेढुङ्गा सवित हुन सक्ने बताए ।
उक्त कार्यक्रममा ज्योतिन्मा ताम्रकार प्रथम, आयना गुरुङ द्वितीय, प्राप्ति पौडेल तृतीय र विराज भट्टराई सान्त्वना भएका थिए । कार्यक्रमको निर्णायकको भूमिकामा विद्यालयका नेपाली विभागीय प्रमुख विष्णुप्रसाद पौडेल र नेपाली शिक्षक दुर्गादत्त सुबेदीले गरेका थिए भने कार्यक्रमको सञ्चालन विद्यार्थी दीक्षान्त थापाले गरेका अतिरिक्त क्रियाकलाप प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।
सम्बन्धित खबर
औषधि बजारलाई व्यवस्थित बनाउनु पर्दछः प्रदेश प्रमुख भट्ट
दुई प्रदेश जोड्ने राम्दी पुल निर्माण अन्तिम चरणमा
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)