फिल्म निर्माता तथा गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री राजिव गुरुङ ‘दीपक मनाङ्गे’को नयाँ फिल्म कंगारुमा कलाकार केदार घिमिरे ‘माग्ने बुढा’, जितु नेपाल ‘मुन्द्रे’ र अर्पण थापा अनुबन्धित भइसकेका छन् ।
फिल्म ‘कंगारु’लाई सम्राट बस्नेतले निर्देशन गर्नेछन् । मनाङेले यसअघि पोइ पर्यो काले, दुई नम्बरी फिल्म निर्माण गरेका छन् । ‘कंगारु’पछि सविन श्रेष्ठलाई लिएर ‘बाघचाल’ बनाउने उनको तयारी छ ।
‘कंगारु’लाई सस्पेन्स, थ्रिलर र कमेडी जनरामा निर्माण गरिने निर्देशक बस्नेतले बताए । यसअघि उनले निर्देशन गरेको फिल्म ‘लाखे’लाई एक्सन जनरामा निर्माण गरिएको थियो ।
अष्ट्रेलियामा छायांकन थलोको खोजी गरिरहेका बस्नेतले अर्को साता लिड अभिनेत्री तय हुने बताए ।
३५ दिनको छायांकन सेड्युल तय गरिएको फिल्मको छायांकन अष्ट्रेलियाको सिड्नी, न्यूकासल, क्यानबेरा लगायतका क्षेत्रमा गरिने उनले बताए ।
यो फिल्म फुलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्मसँग एसजिटि प्रोडक्सन प्रालिको सहकार्यमा निर्माण हुन लागेको हो । फिल्ममा प्रेम थापा, धन बहादुर गुरुङ ‘डिबी’ र मनोज भण्डारी ‘म्याक्स’ निर्माताको रुपमा छन् ।
सह-निर्मातामा अन्जन दुरा र लक्ष्मी राई छन् भने कार्यकारी निर्माता टीका भण्डारी हुन् । छायाँकार सुशन प्रजापति हुन् ।
सम्बन्धित खबर
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रोनाल्डो हात्तीको मृत्यु, ३८ छावाको बाबु थिए रोनाल्डो
माथिल्लो त्रिशूली-१ आयोजनाको टनेलबाट ६ शव निकालियो
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
रसुवा बाढीमा हालसम्म १ हजार ४१० को शव फेला, ६ हजार बढी वेपत्ता
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन