प्रदेश सरकारको नीति तथा कार्यक्रममा विपक्षमा रहन भन्दै लगाइएको ह्वीप पालना नगरेको भन्दै नेकपा एमाले संसदीय दल, गण्डकीले पार्टीका एक सांसदलाई स्पष्टीकरण सोधेको छ ।
सांसद गणेशमान गुरूङलाई पार्टीले शनिबार स्पष्टीकरण सोधेको हो । तीन दिनभित्र जवाफ पठाउन भनी विधानअनुसार स्पष्टीकरण सोधिएको प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले जानकारी दिए ।
प्रदेशसभामा सभामुख कृष्णप्रसाद धितालले शुक्रबार नीति तथा कार्यक्रम निर्णायार्थ प्रस्तुत गरेको समयमा सांसद गुरूङ सभामा थिएनन् । तर, त्यस बैठकमै गुरूङ अनुपस्थित भने भएका हैनन् । नीति तथा कार्यक्रममाथि उनले आफ्नो धारणा राखेका थिए र नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत हुने बेला उनी निस्किसकेका थिए ।
निर्णयार्थ प्रस्तुत गर्दा विपक्षमा रहनू भनेर दलले ह्वीप लगाएको प्रमुख सचेतक नेपाली बताउँछन् । तर, गुरूङ भने ह्वीप लगाउने कुरा दलको बैठकमा नभएको बताउँछन् । मोबाइल संसदमा लैजान बिर्सेकाले ह्वीपबारे थाहा नभएको सांसद गुरूङको भनाइ छ ।
उनले त्यसदिन मोबाइल संसदमा लैजान बिर्सिएको बताउँदै पछि मात्रै संसद बैठक चलिरहेको समयमा म्यासेज आएको थाहा भएको बताए ।प्रमुख सचेतक नेपालीले भने स्पष्टीकरण आएपछि थप प्रक्रिया अघि बढाइने बताउँछन् ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’