पोखरा । गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) गण्डकी प्रदेशको आयोजना एवम् मादी गाउँपालिका कास्कीको सहयोगमा यहाँका ३४ जना पर्यटन व्यवसायीलाई गाउँले गाइड तालिम दिइएको छ ।
‘हरेक गाउँ पर्यटकीय ठाउँ’ भन्ने नाराका साथ कृयाशिल भिटोफ गण्डकीले गाउँ पर्यटनको प्रवद्र्धन र विकासलाई जोड दिदै यही असार २ गतेदेखि ४ गतेसम्म तीन दिने आवाशीय तालिम दिएको भिटोफ गण्डकीका अध्यक्ष शोभा सापकोटाले जानकारी दिए । उनका अनुसार तालिममा मादी गाउँपालिका अन्तर्गतका पर्यटकीय गाउँहरू सिक्लेस, ताङतिङ, याङ्जाकोट, ठूलास्वाँरा, थामल्हाम्जा, लम्तरी डाँडा, बयरघारी लगायतका स्थानका स्थानीय सहभागी थिए ।
तालिममा डा. रामजी शर्मा, टीकाराम सापकोटा, दीपेन्द्र पहारी, सरस्वती गौतम र तारानाथ पहारीले प्रशिक्षण दिएका थिए ।
तालिमको आज आयोजित समापन समारोहमा प्रमाणपत्र वितरण गर्दै मादी गाउँपालिकाका प्रमुख देवीजंग गुरुङले मादी गाउँपालिकामा गाउँ पर्यटनका धेरै सम्भावना भएको उल्लेख गर्दै यसलाई उजागर गर्नुं अपरिहार्य भएको बताए । गाउँले गाइड तालिमसँगै यहाँको गाउँ पर्यटनको व्यवसायिक विकास हुने उहाँले विश्वास व्यक्त गरे ।
भिटोफ गण्डकीका अध्यक्ष शोभा सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मादी गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष हुमनाथ अधिकारी, भिटोफ गण्डकीका सल्लाहकार एवम् प्रशिक्षक टीकाराम सापकोटा, भिटोफ गण्डकीका निवर्तमान अध्यक्ष उदय सुवेदी, भिटोफ गण्डकीका प्रथम उपाध्यक्ष रमेश न्यौपाने, द्वितीय उपाध्यक्ष सुशिला भण्डारी, सचिव लक्ष्मण पहारी, मादी गाउँपालिका होमस्टे एशोसिएसनका अध्यक्ष भीमबहादुर गुरुङ, प्रशिक्षार्थीहरू केशब अधिकारी र चोकबहादुर गुरुङ लगायतले बोलेका थिए ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’