गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हरेक ब्यक्तिकालागि योग र साधना सँधै अपरिहार्य रहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भारतीय दूतावासको आयोजनामा पोखरामा शुक्रवार आयोजित कार्यक्रममा बोल्दै उनले भने ‘आजको दिनमा योगको महत्व झनै धेरै छ, तनावबाट मानिसलाई मुक्त गराउन योग, ध्यान र साधन जरुरी छ ।’
योगलाई शारीरिक रुपमा स्वस्थ, मानसिक रुपमा शान्त र आध्यात्मिक चेतका साथ जिउन सिकाउने कलाको रुपमा चिनिन्छ । योगले मानिसको जीवनशैली अनुशासित बनाउनुका साथै शारीरिक र मानसिक रुपमा चुस्त राख्न मद्दत पुग्ने मुख्यमन्त्री पाण्डेले बताए ।

गण्डकी प्रदेश सरकारले आगामी वर्ष ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ भन्ने नाराका साथ स्थानीय तहहरुको सहयोगमा स्वस्थ जीवनशैलीका लागि योग कार्यक्रम संचालन गर्न लागेको उनले बताए । ‘पोखरा महानगरपालिका भित्र योग साधना केन्द्र संचालन गर्ने योजना पनि छ’ मुख्यमन्त्री पाण्डेले भने ‘नेपालको पर्यटकीय राजधानी पोखरालाई हामी धार्मिक र योग पर्यटनका हिसाबले पनि अघि बढाउन चाहान्छौँ ।’

संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउन सुरु गरेको हो । अन्तर्राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि सन् २०१४ मा संयुक्त राष्ट्रसंघको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गरेका थिए ।
प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले समर्थन गरेको स्मरण गर्दै मुख्यमन्त्री पाण्डेले योग दिबसले नेपाल भारत बिचको सम्बन्धलाई थप प्रगाढ बनाउँदै आएको बताए । उक्त कार्यक्रममा भारतीय राजदुत नवीन श्रीवास्तव, जनप्रतिनिधिहरु लगायतको सहभागीता रहेको थियो ।



सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन