हेमजा भेट्रान्स कपको उपाधि पोखरा वडा नं. १३ ले हात पारेको छ ।
शुक्रवार भएको फाइनल खेलमा वडा नं. १३ ले वडा नं. १२ लाई ३–० गोल अन्तरले पराजित गर्दै विजेना बन्यो । खोलको ७ औं मिनेटमा नरेन्द्रजगं गुरुङले पहिलो गरे । साथै, राजकुमार गुरुङले खेलको ६२ र ६६ औं मिनेटमा गरी थप २ गोल गर्न सफल भए ।
प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार ११ र उपविजेताले ५५ हजार ५ सय ५५ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
साथै, वडा नं. १२ का नितेस क्षेष्ठ प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित हुँदै नगद ५ हजार र ट्रफी प्राप्त गरे ।
वडा नं. १३ का राजकुमार गुरुङ सर्वाधिक गोलकर्ता, खम बहादुर गुरुङ उत्कृष्ट गोलरक्षक, अमित परियार वेष्ट डिफेन्डर, बिजय कुमार वेष्ट मिडफिल्ड, नरेन्द्रजगं गुरुङ बेष्ट फरवार्ड घाेषित हुँदै प्रत्येकले नगद २ हजार र ट्रफी प्राप्त गरे ।

प्रतियोगितामा पोखरा महानगरपालिकाका १३ वटा वडाका १४ टीमको सहभागिता रहेको थियो ।
हेमजा यूनाईटेडको आयोजना तथा पोखरा महानगरपालिकाको संरक्षणमा पोखरा–२५ हेमजा, गौरीशंकर खेलमैदानमा असार १ गतेदेखि जारी सञ्चालित कपमा शुक्रवार दर्शकको उल्लेखनिय उपस्थिति थियो ।
सम्बन्धित खबर
टाइगर कपको उपाधि गण्डकी प्रदेशलाई, पुलिस विरूद्ध बदला
आर्मीलाई हराउँदै पर्वत भलिबल टाइगर कपमा तेस्रो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: गल्याङ र वालिङ फाइनलमा
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ