हेमजा भेट्रान्स कपको उपाधि पोखरा वडा नं. १३ ले हात पारेको छ ।
शुक्रवार भएको फाइनल खेलमा वडा नं. १३ ले वडा नं. १२ लाई ३–० गोल अन्तरले पराजित गर्दै विजेना बन्यो । खोलको ७ औं मिनेटमा नरेन्द्रजगं गुरुङले पहिलो गरे । साथै, राजकुमार गुरुङले खेलको ६२ र ६६ औं मिनेटमा गरी थप २ गोल गर्न सफल भए ।
प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार ११ र उपविजेताले ५५ हजार ५ सय ५५ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
साथै, वडा नं. १२ का नितेस क्षेष्ठ प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित हुँदै नगद ५ हजार र ट्रफी प्राप्त गरे ।
वडा नं. १३ का राजकुमार गुरुङ सर्वाधिक गोलकर्ता, खम बहादुर गुरुङ उत्कृष्ट गोलरक्षक, अमित परियार वेष्ट डिफेन्डर, बिजय कुमार वेष्ट मिडफिल्ड, नरेन्द्रजगं गुरुङ बेष्ट फरवार्ड घाेषित हुँदै प्रत्येकले नगद २ हजार र ट्रफी प्राप्त गरे ।

प्रतियोगितामा पोखरा महानगरपालिकाका १३ वटा वडाका १४ टीमको सहभागिता रहेको थियो ।
हेमजा यूनाईटेडको आयोजना तथा पोखरा महानगरपालिकाको संरक्षणमा पोखरा–२५ हेमजा, गौरीशंकर खेलमैदानमा असार १ गतेदेखि जारी सञ्चालित कपमा शुक्रवार दर्शकको उल्लेखनिय उपस्थिति थियो ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन