गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले पर्यटनको प्रचुर श्रोत भएको नेपाल यसकै विकासबाट समृद्ध हुने बताएका छन् ।
पोखराको नोवेल एकेडमीले भारतको एसएसपीजी कलेज, सहाञ्जपुरको सहकार्यमा पोखरामा शनिबार आयोजना गरेको धार्मिक पर्यटनः वर्तमान समयमा चुनौती र अवसरहरू सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै प्रदेश प्रमुखले यस्तो बताएका हुन् ।
‘पोखरा नेपालको पर्यटकीय राजधानी घोषणा भइसकेको सन्दर्भमा यस्ता अन्तर्राष्ट्रिय सम्मेलनले पर्यटक भित्रन ठूलो सहयोग गर्ने विश्वास लिएको छु’ उनले भने – ‘विद्वत एवं प्रवुद्ध वर्ग सहभागी यस्ता अन्तर्राष्ट्रिय सम्मेलनले मुलुकमा धार्मिक, प्राकृतिक दृश्यावलोकन पर्यटन मार्फत् समृद्धिको स्पष्ट खाका आउने विश्वास छ ।
सम्मेलनबाट आर्जित ज्ञान र अनुभवलाई प्रयोग गर्दै पर्यटन सम्बन्धी नीति निर्माण र कार्यान्वयनमा रहेका पदाधिकारी एवं प्राज्ञिकहरु लाभान्वित हुने, यहाँका पर्यटकीय गन्तव्यहरुलाई अन्तर्राष्ट्रियकरण गर्नमा सहयोग पुग्नुका साथै शैक्षिक व्यक्तित्वहरुबीचको यो जमघले यहाँका विश्वविद्यालयको शैक्षिक क्षेत्रको स्तर वृद्धि हुने अपेक्षा पनि उनले गरे ।
‘विश्वका कयौँ देशहरुले धार्मिक पर्यटनबाटै विकासमा फड्को मारेको अवस्था छ । नेपाल ऋषिमुनीहरुको तपोभूमि हो ।’ उनले भने – ‘मन्दिरै मन्दिरको शहर काठमाण्डौमा हिन्दुहरुको प्रमुख धाम पशुपतिनाथ देखि बुद्ध जन्मभूमि लुम्बिनी हुँदै गण्डकीको मुक्तिनाथसम्मले पर्यटकलाई तान्दछ । नेपालका हरेक स्थानमा पर्यटक लोभ्याउने गन्तव्यहरु छन् । यसको प्रचार प्रसारको आवश्यकता रहेको छ ।’
बुद्धको विचार, मार्गदर्शन एवम् बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्न आवश्यक रहेको भन्दै उनले लुम्बिनीलाई विश्वभरिका बुद्धिष्टहरूको बर्थिङ सेन्टरका रूपमा विकास गर्ने र त्यसमार्फत यस क्षेत्र र सिंगो देशको पर्यटन प्रवद्र्धनमा उच्च सफलता हासिल गर्न सकिने बताए ।
नेपाल सरकारले पर्यटन पुनरुत्थानको कार्ययोजनाअन्तर्गत विभिन्न किसिमका अन्तर्राष्ट्रिय सम्मेलन पनि गरिरहेको जनाउँदै प्रदेश प्रमुख भट्टले शिक्षाको माध्यमबाट अध्यात्मिक पर्यटनको हितका लागि गरिएको यो सम्मेलन महत्वपूर्ण रहने बताए ।
सम्मेलनमा छिमेकी राष्ट्र भारत, बंगलादेश, भुटान स्थित विभिन्न विश्वविद्यालयका प्रतिनिधिहरु, शिक्षाविद्, अनुसन्धानकर्ता, विद्यार्थीहरु लगायतको सहभागिता रहेको छ ।
शिक्षा र साहित्य क्षेत्रमा अतुलनीय योगदान दिए वापत डेढ दर्जनलाई साहित्य रत्न तथा अवार्ड पनि प्रदान गरिएको नोवेल एकेडेमीका सञ्चालक विश्वेश्वर आचार्यले जानकारी दिए ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’