पोखरा महानगरपालिका–८ का नवराज बरालले वडा क्षेत्रको सडकमा नाला बन्द हुँदा वर्षातको समयमा बाटो हिड्न कठिन भएको गुनासो गरे । उनले पानी सडकबाट बग्दा दुर्घटनासमेत भोग्नुपरेको दुखेसो सुनाए । उनले गुनासो गरेअनुुसार वडा क्षेत्रमात्र होइन पोखराका अधिकांश क्षेत्रका नालाबाट पानी बग्दैनन् ।
बर्खाको समयमा वर्षातसँग पोखराका सडकसडकमा पानी बग्छ र सडकमा हिड्ने सवारी साधनदेखि पैदल यात्रीलाई यात्रा गर्न कठिन गराउँछ । सोही विषयमा बरालले वडा नम्बर ८ का वडाध्यक्ष रुद्रनाथ बराललाई नालाको निकास खोज्न आग्रह गरेका हुन् ।
पोखरा ८ को आर्थिक वर्ष २०८०/८१ को वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रममा बरालले सडकमा पानी बग्दा मानिस समेत बगाउने गरेको दु:खेसो पोखे । उनले नालामा फोहोर मैला अड्एिर पानी बग्न नसकेको बताए ।
‘सडकमा पानीको भल बगेको छ । मोटरसाइकल पनि लडेको छ । स्कुटर पनि लडेको छ । मान्छे पनि बगाएको छ । के छ समस्या भने देखि सिद्धार्थ चोकदेखि तल सडकका नालाहरु सबै बन्द भएका छन् । नाला बन्द हुँदा पानी बाटोमा निस्कन्छ । अनि दुर्घटना हुन्छ,’ उनले भने ।

सार्वजनिक सुनुवाई कार्यक्रममा वडाबासी क्रान्ति अधिकारीले वडा कार्यालयले टुक्रे योजना बनाउँदा बजेट हिनामिना भएको बताइन् । सिमान्तकृत र विपन्नलाई योजना छनोटमा सहभागी बनाउन उनले आग्रह गरिन् ।
अधिकारीले भनिन्, ‘टुक्रे योजनाले हाम्रो बजेट चाहिँ अलि हिनामिना भएको हो कि जस्तो मलाई लागेको छ । त्यस्तै अति विपन्न र सिमान्तकृत वर्गलाई योजना छनोटमा सहभागी बनाउन पाएको भए वडामा अझ राम्रो हुन्थ्यो ।’
प्रश्नको जवाफ दिँदै वडाध्यक्ष रुद्रनाथ बरालले नाला सफा गर्ने कुरामा आगामी वर्ष बजेटमा समावेश गरेर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
उपभोक्तामार्फत आए बजेट समावेश गर्न पनि सहज हुने वडाध्यक्ष बरालले सुनाए । ‘यो झरीमा नाला बन्दै भइराख्छन् । अघिल्लो वर्ष बजेट नहुँदाखेरि हामीले गर्न सकेनौं । यो वर्ष त्यसलाई बजेटमा समावेश गर्ने प्रयास गरेका छौं,’ उनले भने ।
कार्यक्रममा सहभागीले वडा कार्यालयले हालसम्म गरेको काम सन्तोषजनक रहेको बताएका थिए । उनीहरुले केही कार्यक्रम वडा कार्यालयले समेटेर जानुपर्ने सुझाव व्यक्त गरेका हुन् । कार्यक्रममा सहभागीको गुनासो समेटेर जाने वडाध्यक्ष बरालले प्रतिवद्धता व्यक्त गरे ।

सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’