अन्तर्राष्ट्रिय फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलको पाँचौं संस्करणको विजेता बर्दियाका करण परियार बन्दा पोखराकी सलोमी गुरुङ उपविजेता बनेकी छन् ।
फिनालेमा पोखराकी सलोमी र करणसँगै दार्जिलिङका सचिन विश्वकर्मा र मोहित भुजेल पुगेका थिए । सेकेण्ड रनरअप सचिन र थर्ड रनरअप मोहित बने ।
विजेता करणले नगद २५ लाख पाउँदा फर्स्ट रनर अप सलोमीले नगद १० लाख पाइन् । सेकेण्ड रनर अप सचिनले नगद ५ लाख र थर्ड रनरअप मोहितले स्कुटरका साथमा विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरे ।
विजेताहरूलाई अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले ट्रफी प्रदान गरेका थिए। यसअघि बुद्ध लामा, रवि ओड, सज्जा चौलागाईं र भूपेन्द्र थापा मगर नेपाल आइडल भइसकेका छन्।
फागुन २४ देखि प्रसारण सुरू भएको पाँचौं संस्करणमा देशभरिबाट १ सय ५२ जना छानिएका थिए । उनीहरू मध्येबाट उत्कृष्ट १० चयन गरी त्यसबाट भोटिङको आधारमा टप ४ सम्म छनौट गरी फाइनलमा चार जनाबीच प्रतिष्पर्धा गराइएको थियो ।
गायन प्रतिस्पर्धामार्फत आफूभित्र छरिएर रहेको प्रतिभालाई उजागर गर्ने एउटा अभूतपूर्व प्लेटफर्म नेपाल आइडल रहेको र यसले नयाँ प्रतिभाहरूलाई विशेष अवसर दिँदै आएको एपी वानले जनाएको छ।

पाँचौं संस्करको निर्णायकमा न्ह्यु बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी रहेका छन्। उनीहरूले यसअघि तीन संस्करणमा पनि निर्णायक रहेका थिए। त्यस्तै, आसिफ साह र रीमा विश्वकर्माले नेपाल आइडलको होस्ट थिए ।
नेपाल आइडलले पाँचौं संस्करणका लागि झापाको विर्तामोड, महोत्तरीको बर्दिबास, मकवानपुरको हेटौंडा, कैलालीको अत्तरिया, सुर्खेतको विरेन्द्रनगर, दाङको घोराही र कास्कीको पोखरा र काठमाडौंमा अडिशन गरेको थियो। त्यस्तै, डिजिटल अडिशनबाटसमेत प्रतिस्पर्धीले सहभागिता जनाएका थिए।

सम्बन्धित खबर
काठमाडौं जिल्लामा मात्रै २६ सय ८७ घरमा चलाइयो डोजर, झण्डै साढे १५ हजार विस्थापित
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
स्थलमार्गबाट नेपाल आउने पर्यटकवाहक सवारी साधन अब अनलाइनबाटै दर्ता गर्न सकिने
कर्मचारीलाई १५-१५ दिनमा तलब भुक्तानी दिन महालेखाको निर्देशन
मालपोत कार्यालयको नाम परिवर्तन
बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’