पोखरा । पुन समाज पोखरा तारो समितिले आयोजना गरेको प्रथम स्थानीय अन्तर समाज तारो खेल (भेजो) प्रतियोगिताको उपाधि पुन समाज पोखरा ‘ए’ ले जितेको छ ।
म्याग्दी मगर समाजलाई १३३ का विरुद्ध १३८ अंक प्राप्त गर्दै उपाधि हात पारेको हो । प्रतियोगितामा १२५ अंक सहित नेपाल छन्त्याल समाज नदीपुर तेस्रो स्थानमा चित्त बुझाउनु प¥यो ।
पुन समाज नेपालले भुमे पर्व २०८१ को अवसर पारी तारो समितिको आयोजनामा प्रथम पटक स्थानीय अन्तर समाज तारो खेलको आयोजना गरेको हो । प्रतियोगितामा प्रथम हुने पुन समाज पोखरा ए ले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र, दोश्रो हुने म्याग्दी मगर समाजले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र र तेश्रो हुने नेपाल छन्त्याल समाज नदीपुरले नगद २० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगितामा हाइस्कोर गणेश पुन र हाइ खोलको उपाधि राजु छन्त्यालले हात पार्दै कार्वन एरो प्राप्त गर्न सफल भए । त्यसैगरी जोर खोल गर्ने राजु छन्त्याल र सनम पाइजा पुनलाई समेत सम्मान गरिएको थियो ।
प्रतियोगिताका बिजेता तथा सम्मानितहरुलाई कार्यक्रमका प्रमुख अतिथि पुन समाज नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष पूर्ण बहादुर गर्बुजा पुन, पुन समाज नेपाल पोखराका अध्यक्ष राजकुमारी पुन, पुन समाज पोखरा तारो समितिका अध्यक्ष जित पुन लगायतले पुरस्कार वितरण गरेका थिए ।
सो अवसरमा सिक्तानी चेलीबेटी पोखरा र उल्लेरी आमा समुहले नृत्य प्रस्तुत गरेका थिए ।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’