पोखरा । पुन समाज पोखरा तारो समितिले आयोजना गरेको प्रथम स्थानीय अन्तर समाज तारो खेल (भेजो) प्रतियोगिताको उपाधि पुन समाज पोखरा ‘ए’ ले जितेको छ ।
म्याग्दी मगर समाजलाई १३३ का विरुद्ध १३८ अंक प्राप्त गर्दै उपाधि हात पारेको हो । प्रतियोगितामा १२५ अंक सहित नेपाल छन्त्याल समाज नदीपुर तेस्रो स्थानमा चित्त बुझाउनु प¥यो ।
पुन समाज नेपालले भुमे पर्व २०८१ को अवसर पारी तारो समितिको आयोजनामा प्रथम पटक स्थानीय अन्तर समाज तारो खेलको आयोजना गरेको हो । प्रतियोगितामा प्रथम हुने पुन समाज पोखरा ए ले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र, दोश्रो हुने म्याग्दी मगर समाजले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र र तेश्रो हुने नेपाल छन्त्याल समाज नदीपुरले नगद २० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगितामा हाइस्कोर गणेश पुन र हाइ खोलको उपाधि राजु छन्त्यालले हात पार्दै कार्वन एरो प्राप्त गर्न सफल भए । त्यसैगरी जोर खोल गर्ने राजु छन्त्याल र सनम पाइजा पुनलाई समेत सम्मान गरिएको थियो ।
प्रतियोगिताका बिजेता तथा सम्मानितहरुलाई कार्यक्रमका प्रमुख अतिथि पुन समाज नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष पूर्ण बहादुर गर्बुजा पुन, पुन समाज नेपाल पोखराका अध्यक्ष राजकुमारी पुन, पुन समाज पोखरा तारो समितिका अध्यक्ष जित पुन लगायतले पुरस्कार वितरण गरेका थिए ।
सो अवसरमा सिक्तानी चेलीबेटी पोखरा र उल्लेरी आमा समुहले नृत्य प्रस्तुत गरेका थिए ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन