गण्डकी प्रदेशस्तरीय महिला/पुरुष ह्यान्डबल प्रतियोगितामा कास्की र तनहुँ च्याम्पियन भएका छन् ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्यान्डबल संघको व्यवस्थापनमा पोखरा रंगशालामा जारी ह्यान्डबल प्रतियोगिताको महिलातर्फ कास्की र पुरुषतर्फ तनहुँले उपाधि हात पारेको हो ।
आइतबार सम्पन्न महिलातर्फको फाइनल खेलमा कास्कीले स्याङजालाई १२–२ को फराकिलो गोलअन्तरले हारउँदै उपाधि चुमेको हो ।
उता पुरुषतर्फ तनहुँले कास्कीलाई ३४–३३ गोलले हराउँदै उपाधि चुमेको हो । अत्यन्तै प्रतिस्पर्धात्मक बनेको पुरुषतर्फको खेल निर्धारित समय २७–२७ गोलको बराबरी भएसँगै १० मिनेटको अतिरिक्त समय थप गरिएको थियो । उपाधिसँगै च्याम्पियन द्धय कास्की र तनहुँले समान रु ५०–५० हजार रुपैयाँ सँगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
यस्तै, उपविजेता बनेको स्याङजा र कास्कीले समान ३०–३० हजार रुपैयाँ प्राप्त गरेका छन् । तेस्रो भएका बागलुङ र स्याङजाले रु १५–१५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगिताको महिलातर्फ कास्कीकी कोमल खड्का सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । पुरुषतर्फ तनहुँका आकाश अधिकारी सर्वोत्कृष्ट खेलाडी भोषित भए । उनीहरु दुवैले समान ५–५ हजार रुपैयाँको साथमा ट्रफी प्राप्त गरे ।
महिलातर्फ उत्कृष्ट गोलरक्षक कास्कीकी अमिसा गुरुङ र उच्च गोलकर्ता कास्कीकै आकृति गुरुङ घोषित भइन् । आकृतिले कुल ९ गोल गरिन् । पुरुषतर्फ कास्कीका केविन गुरुङ उत्कृष्ट गोलरक्षक घोषित भए । कास्कीका वासु गुरुङले २६ गोल गर्दै उच्च गोलकर्ता घोषित भए । विधागत उत्कृष्ट भएका उनीहरुले दुई हजार पाँच सयका साथमा ट्रफी प्राप्त गरे । तीन दिनसम्म चलेको प्रतियोगितामा पुरुषतर्फ ८ र महिला तर्फ ६ जिल्लाको सहभागिता रहेको थियो ।
पुरुषतर्फको कास्की, गोरखा, तनहुँ, म्याग्दी, बागलुङ, नवलपुर, स्याङजा र पर्वतको सहभागिता रहेको थियो भने, महिला तर्फ बागलुङ, म्याग्दी, पर्वत, कास्की, नवलपुर । स्याङजाको सहभागिता रहेको थियो ।
प्रतियोगिता दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक खेलाडी छनौट समेत हो । प्रतियोगिताबाटै खेलाडी छनौट हुनेछन् ।
प्रतियोगितामा उपाधि बिजेता टिम तथा खेलाडीहरुलाई गण्डकी प्रदेश सभाका पूर्व सांसद एवं नेपाल ह्याण्डबलका पूर्व उपाध्यक्ष मोहन रेग्मी, परिषदका सदस्यहरु गिरमान गुरुङ, शुभकन्या गुरुङ, विष्णु मायाँ गुरुङ, ह्याण्डबल संघकी उपाध्यक्ष शान्ती थापा बैद्य, सचिव विशाल बाबु बस्नेत, कार्यसमिति सदस्य तिलक अधिकारी, सोसल पव्लिक स्कुलका प्रिन्सीपल खिम गुरुलगायतले नगद, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।
समापन कार्यक्रम गण्डकी प्रदेश ह्याण्डबल संघका अध्यक्ष केशव पाठकको अध्यक्षतामा भएको थियो ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो