लमजुङको बेसीसहर नगरपालिका–११ चिति स्याउतमा गएराति पहिरोले पुरिंदा १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १६ वर्षीय विकल सुनार रहेका छन्।
पहिरोमा परी उनका दाइ १८ वर्षीय मिलन सुनार घाइते भएका छन्।
घाइते दुबै जनालाई उपचारका लागि लमजुङ जिल्ला अस्पताल ल्याउँदै गर्दा विकलको बाटोमै मृत्यु भएको हो।
यस्तै, लमजुङको क्ब्होंलासोथर गाउँपालिका–३ उत्तरकन्याको बगुमस्थित पच्यु टोलमा गएराति गएको पहिरोमा परी ४ जनाको बेपत्ता भएका छन्।
प्रहरीका अनुसार स्थानीय रूद्रमान गुरूङ, पञ्चकुमारी गुरूङ र गाउँपालिकाका योजना शाखा प्रमुख चित्र घलेको घर पहिरोले बगाउँदा चारजना बेपत्ता भएका हुन्।
पहिरोमा परी ६९ वर्षीय रूद्रमान गुरूङ, बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरूङ, दुई नातिनीहरू ७ वर्षीया ईच्छा गुरूङ र ५ वर्षीया नम्रता गुरूङ बेपत्ता भएका छन्। पहिरोमा परि चित्रका भाइ ३६ वर्षीय भिमबहादुर घले भने घाइते भएका छन्।
घटनास्थलमा सदरमुकाम बेसीसहर र मालिङबाट प्रहरी टोली पुगेको छ। पहिरोमा बेपत्ता भएकाहरूको खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
गएराती गएको पहिरोले बेसीसहर चामे सडकखण्ड बन्द भएको छ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?