लमजुङको बेसीसहर नगरपालिका–११ चिति स्याउतमा गएराति पहिरोले पुरिंदा १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १६ वर्षीय विकल सुनार रहेका छन्।
पहिरोमा परी उनका दाइ १८ वर्षीय मिलन सुनार घाइते भएका छन्।
घाइते दुबै जनालाई उपचारका लागि लमजुङ जिल्ला अस्पताल ल्याउँदै गर्दा विकलको बाटोमै मृत्यु भएको हो।
यस्तै, लमजुङको क्ब्होंलासोथर गाउँपालिका–३ उत्तरकन्याको बगुमस्थित पच्यु टोलमा गएराति गएको पहिरोमा परी ४ जनाको बेपत्ता भएका छन्।
प्रहरीका अनुसार स्थानीय रूद्रमान गुरूङ, पञ्चकुमारी गुरूङ र गाउँपालिकाका योजना शाखा प्रमुख चित्र घलेको घर पहिरोले बगाउँदा चारजना बेपत्ता भएका हुन्।
पहिरोमा परी ६९ वर्षीय रूद्रमान गुरूङ, बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरूङ, दुई नातिनीहरू ७ वर्षीया ईच्छा गुरूङ र ५ वर्षीया नम्रता गुरूङ बेपत्ता भएका छन्। पहिरोमा परि चित्रका भाइ ३६ वर्षीय भिमबहादुर घले भने घाइते भएका छन्।
घटनास्थलमा सदरमुकाम बेसीसहर र मालिङबाट प्रहरी टोली पुगेको छ। पहिरोमा बेपत्ता भएकाहरूको खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
गएराती गएको पहिरोले बेसीसहर चामे सडकखण्ड बन्द भएको छ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला