आज दिउँसो २ बजे सामाजिक सञ्जालमा पोखराबाट मुस्ताङ उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको अफवाह फैलियो ।
अमरबहादुर चन्द नामका एक व्यक्तिले पोखराबाट जोमसोमका लागि उडेको तारा एयर सम्पर्कविहीन भन्दै पोस्ट गरे । त्यसपछि धेरैले लेख्न थाले । यसै भीडमा समाजसेवी बताउने इशा गुरुङले पनि उक्त अफवाहलाई अझै फैल्याउने काम गरिन् ।
तीन लाख भन्दा बढी फलोअर भएकी उनले पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भनेर तस्बिरसहित फेसबुकमा लेखेपछि तत्कालै भाइरल भयो ।
उनकै पोस्टमा एकजनाले कमेन्ट गर्दै भनेका छन्, ‘सम्पर्कमा आयो भन्दैछन् फेरि ।’ इशाले अफवाह फैल्याएको भन्दै आलोचना भएपछि उक्त पोस्ट हटाइसकेकी छन् ।
यस अफवाहबाट पोखराबासी पनि भ्रममा परे । तर, दिउँसो १२ बजेपछि जोमसोम उडान हुँदैन भन्नेले भने पत्यानन् ।
हवाई जहाजका लागि उच्च जोखिमयुक्त मानिने पोखरा-जोमसोम रुटबाट यस्तो खबर आउँदा सामाजिक सञ्जाल प्रयोगकर्ता पत्याउने अवस्थामा पुग्छन् । पहिले पनि यो रुटमा दुर्घटना भइरहेकाले सोमबार पनि त्यस्तै अफवाह भाइरल भयो ।
तर बुझ्नुपर्ने कुरा, पोखरा जोमसोम रूटमा ताराको उडान नै छैन । उडान हुने अरु कम्पनीले पनि पोखराबाट बिहान मात्रै जहाज पठाउँछन्। जोमसोममा दिउँसो अत्यधिक हावा चल्ने र कुहिरोले पनि ढाक्ने भएकाले अन्य कम्पनीका जहाज पनि बिहानै गएर फर्किने गर्दछ ।
सोमबार तारा एयरका दुईवटा जहाजमध्ये एउटा काठमाडौं र अर्को नेपालगञ्जमा छ । नेपालगञ्जको जहाज कर्णालीमा उडान भर्नका लागि गएको हो ।
उता, नागरिक उड्ययन प्राधिकरण पोखरा कार्यालयले पनि तारा एयरको जहाज सम्पर्कविहीन भएको भन्ने खबरलाई अफवाहको संज्ञा दिएको छ ।
ताराले यो अफवाहपछि सोमबार एक वक्तव्य निकालेर कानुनी कारबाहीमा जाने बताएको छ । ‘यस्तो अफवाह समाचार सम्प्रेषण गर्ने तथा बदनियतपूर्वक सामाजिक सञ्जालमा राख्नेविरुद्ध कानुनी कारबाही अघि बढाउने समेत सूचित गरिन्छ’, ताराले भनेको छ ।

सम्बन्धित खबर
बीवाइडी कर छली प्रकरणमा छानबिन समिति बन्यो
बालेनको अभिव्यक्तिलगत्तै भारतीय एसएसबी सुस्ता पस्यो, नेपाली भूमिमा निर्माणाधीन तटबन्धमा अवरोध
बेपत्ता सशस्त्र जवान भारतमा मृत भेटिए, शव पनि भारतीय प्रहरीले लग्यो
रातो नम्बर प्लेट भएका मोटरसाइकलले राइड सेयरिङ गर्न नपाउने, अब कालो नम्बर प्लेट
सन् २०२५ मा साढे ११ लाख पर्यटकले गरे नेपाल भ्रमण
राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु