पोखरा । नेकपा एमालेले पोखरा महानगरपालिका भ्रष्टाचारको दलदलमा फसेको आरोप लगाएको छ । मणिपाल शिक्षण अस्पतालको भवन नक्सा पास सम्पन्न प्रमाणपत्र सम्बन्धमा राजश्व छुट दिएको विषयमा उसले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
एमाले पोखरा महानगर कमिटीले मंगलबार पत्रकार सम्मेलन गर्दै कार्यपालिका सदस्यहरूकै आँखा छलेर मेयर धनराज आचार्य र प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले गलत बाटोबाट निर्णय गरेको आरोप लगाएको हाे ।
महानगर नेतृत्वले किर्ते निणर्य गर्ने र स्वार्थ समूहको इशारामा विवादास्पद निणर्य गरेको एमाले महानगर कमिटी अध्यक्ष जीवनप्रसाद आचार्यले बताए ।
अधिकांश वडाध्यक्ष र कार्यपालिका सदस्यहरूको भनाइलाई आधार मान्दा कार्यपालिका बैठकमा छलफल नै नगराई निर्णय लेखिएको भन्ने विषय बाहिर आएको उनले बताए ।
महानगर प्रमुख निश्चित इशारामा चलेको अध्यक्ष आचार्यले आरोपसमेत लगाए । एमालेले कार्यपालिका बैठक लाइभ गर्न र हिसाब नमिलेका विषय स्पष्ट पार्न माग गरेको छ । आगामी दिनमा अपारदर्शी निणर्यका श्रृङ्खला नरोकिएमा आन्दोेलनका कार्यक्रम गर्न बाध्य हुने चेतावनी एमालेले दिएको छ ।
१५ औँ नगरसभाले नक्सा पासको राजश्व छुटको निणर्य बदर गरेको छ । राजश्व छुट दिने निणर्य बदनियतपूर्ण नभएको भए कसरी नक्सा पास गरियो ? भन्दै मेयर धनराज आचार्यलाई एमालेले प्रश्न गरेको छ ।
कति राजश्व कायम भयो ? महालेखा परिक्षकको २०७६ /०७७ र ०७९/०८० को प्रतिवेदनले के औँल्याएको थियो ? त्यति राजश्व किन नलिनु पर्ने हो ? लगायतका प्रश्न एमालेले महानगर नेतृत्वप्रति उठाएको हो ।
आचार्यले आफ्नै पार्टीबाट निर्वाचित जनप्रतिनिधिले समेत ध्यान नदिइएको भन्दै आवश्यक प्रक्रिया अपनाउने बताएका छन् ।
पोखरामा काँग्रेस माओवादी गठबन्धनबाट जितेका एकीकृत समाजवादीका नेता धनराज आचार्य मेयर छन् भने एमालेबाट निर्वाचित उपमेयर मञ्जुदेवी गुरुङ हुन् । कार्यपालिकामा काँग्रेसको बहुमत छ ।
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार