पोखराको रामघाट वर्षेनी ताल बन्छ । सेती नदिको निकास सानो भएकाले हरेक वर्ष वर्षाको बेला यहाँ ताल बन्छ ।
दाहसंस्कार गर्नका लागि निकै उचो ठाउँमा बनाइएको शवदाह गृह समेत प्रभावित हुने गरी पानीको सतह बढ्छ ।
नदि छेउछाउमा बसोबास गर्नेहरुलाई नै विस्थापित गर्ने गरी पानी थुनिने गरेको छ ।
निरन्तर वर्षा भइरहे जनजीवनलाई नै असर पर्ने गरी पानी थुनिने सुरक्षाका लागि पूर्व तयारी अपनाउनुपर्ने हुन्छ ।

पोखरा-१४ स्थित गस्तीटोल खाली गराइयो
सेती नदीमा पानीको बाहव बढेर बस्ती नै जोखिममा परेपछि पोखरा महानगरपालिका वडा नं. १४ गोस्टीटोलका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।
सेती नदी किनारमा बसोबास गर्दै आएका ५ घरधुरीका २३ जनालाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
उनीहरु सबैलाई सम्पूर्ण सामाग्रीसहित गस्ती टोल विकास संस्थाको भवनमा राखिएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।

गस्ती टोलका बिष्णुमाया सुनुवारको ५ जना, डोल्मा शेर्पाको ७ जना, शुकदेव गुरुङको ४ जना, डावा शेर्पाको ४ जना र काजी शेर्पाको ३ जनाको परिवारलाई टोल विकास संस्थाको भवनमा स्थानान्तरण गरिएको डीएसपी शर्माले जानकारी दिए ।
सम्बन्धित खबर
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
२० औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ गते
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो