अविरल वर्षापछिको पहिरोले शनिबार पोखरा जोड्ने सबैतिरका राजमार्ग अवरुद्ध भए ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार वर्षाका कारण राजमार्गका ठाउँठाउँमा पहिरो खसेको छ। जसका कारण मुख्य राजमार्ग सहित भित्री सडक पनि पहिरो खसेर अवरुद्ध भए ।
स्थलमार्गसँगै पोखरासँगको हवाई यातायात पनि पूर्णरुपमा अवरुद्ध भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले बताएको छ। वर्षाका कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थल शनिबार बिहानैदेखि बन्द रह्यो। विमानस्थलमा भिजिविलिटी अपुग भएको विमानस्थलले बताएको छ।
अरुबेला बिहान ६ बजे नै खुल्ने विमानस्थलबाट शनिबार कुनैपनि उडान हुन नसकेको विमानस्थलले बताएको छ। सबै हवाई उडान नहुँदा पोखरा विमानस्थलमा यात्रुको भीडभाड थियो।
गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी रवीन्द्र रेग्मीका अनुसार गण्डकी प्रदेशको मुकाम पोखरा सबैतिरको यातायात सञ्जालबाट बिच्छेद भएको छ। हवाई यातायात पनि हुन नसकेको उनले बताए। सिद्धार्थ र पृथ्वी राजमार्गमा बढी समस्या भएको उनले बताए।
उनका अनुसार बिस्तारको क्रममा रहेको पृथ्वी राजमार्ग अन्तर्गत पोखरा–मुग्लिन खण्डको तनहुँस्थित आँबुखैरेनी गाउँपालिका–२ मा पहिरो खस्दा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो।
त्यस्तै, तनहुँकै म्याग्दे गाउँपालिका–६ मौरीमा पनि पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो। मौरीमै सडकको हिलोमा फँसेका सवारीका कारण राजमार्गमा यातायात अवरुद्ध भएको थियो।
प्रदेश प्रहरी कार्यालयका अनुसार सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङजाको वालिङ नगरपालिका–१० मोदीखोला पहिरो जाँदा राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको थियो।
त्यस्तै, पर्वतको कुश्मा नगरपालिका–१ स्थित मालढुंगा–बेनी सडकमा पनि पहिरो खसेर राजमार्ग अवरुद्ध बनेको थियो।
त्यस्तै, बेनी–जोमसोम सडक खण्डको म्याग्दीको रघुगंगा गाउँपालिका–२ मा पहिरो जाँदा यातायात अवरुद्ध भएको थियो।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’