अविरल वर्षापछिको पहिरोले शनिबार पोखरा जोड्ने सबैतिरका राजमार्ग अवरुद्ध भए ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार वर्षाका कारण राजमार्गका ठाउँठाउँमा पहिरो खसेको छ। जसका कारण मुख्य राजमार्ग सहित भित्री सडक पनि पहिरो खसेर अवरुद्ध भए ।
स्थलमार्गसँगै पोखरासँगको हवाई यातायात पनि पूर्णरुपमा अवरुद्ध भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले बताएको छ। वर्षाका कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थल शनिबार बिहानैदेखि बन्द रह्यो। विमानस्थलमा भिजिविलिटी अपुग भएको विमानस्थलले बताएको छ।
अरुबेला बिहान ६ बजे नै खुल्ने विमानस्थलबाट शनिबार कुनैपनि उडान हुन नसकेको विमानस्थलले बताएको छ। सबै हवाई उडान नहुँदा पोखरा विमानस्थलमा यात्रुको भीडभाड थियो।
गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी रवीन्द्र रेग्मीका अनुसार गण्डकी प्रदेशको मुकाम पोखरा सबैतिरको यातायात सञ्जालबाट बिच्छेद भएको छ। हवाई यातायात पनि हुन नसकेको उनले बताए। सिद्धार्थ र पृथ्वी राजमार्गमा बढी समस्या भएको उनले बताए।
उनका अनुसार बिस्तारको क्रममा रहेको पृथ्वी राजमार्ग अन्तर्गत पोखरा–मुग्लिन खण्डको तनहुँस्थित आँबुखैरेनी गाउँपालिका–२ मा पहिरो खस्दा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो।
त्यस्तै, तनहुँकै म्याग्दे गाउँपालिका–६ मौरीमा पनि पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो। मौरीमै सडकको हिलोमा फँसेका सवारीका कारण राजमार्गमा यातायात अवरुद्ध भएको थियो।
प्रदेश प्रहरी कार्यालयका अनुसार सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङजाको वालिङ नगरपालिका–१० मोदीखोला पहिरो जाँदा राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको थियो।
त्यस्तै, पर्वतको कुश्मा नगरपालिका–१ स्थित मालढुंगा–बेनी सडकमा पनि पहिरो खसेर राजमार्ग अवरुद्ध बनेको थियो।
त्यस्तै, बेनी–जोमसोम सडक खण्डको म्याग्दीको रघुगंगा गाउँपालिका–२ मा पहिरो जाँदा यातायात अवरुद्ध भएको थियो।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)