पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालय र परीक्षा नियन्त्रण कार्यालयमा आइतबार तालाबन्दी भएको छ ।
शुक्रबारदेखि आन्दोलनमा उत्रेका पूर्णकालिन करार प्राध्यापकहरुले आइतबारदेखि अध्यापन कार्य छाडेर केन्द्रीय कार्यालयको ढोका दवावमूलक धर्ना शुरु गरेका छन् । त्यसैगरी नेपाल विद्यार्थी संघ र अनेरास्ववियुले आफ्ना विभिन्न मागहरु राखेर केन्द्रीय कार्यालय र परीक्षा नियन्त्रण कार्यालयमा तालाबन्दी गरेका छन् ।
विश्वविद्यालयको २४ औं सभाले करार प्राध्यापकहरुको सेवा अवधि नथपी नयाँ विज्ञापनमा जाने निर्णय गरेको विरुद्ध करार प्राध्यापकहरु आन्दोलनरत छन् । “विश्वविद्यालयले लामो समयसम्म सेवा आयोगको विज्ञापन खोलेको छैन” धर्नामा सहभागी करार प्राध्यापक प्रकाश थापाले प्रश्न गरे, “करारको ठाउँमा अर्काे करार सेवाको विज्ञापन किन चाहियो ?”
हाल विश्वविद्यालयमा ७१ जना पूर्णकालिन करार प्राध्यापकहरु तथा प्राविधिकहरु सेवारत छन् । स्थायी सेवामा रहेका प्राध्यापकहरु पदाधिकारी बन्नका लागि तथा पिएचडी अध्ययन गर्नका लागि बिदामा बसेपछि हाल विश्वविद्यालयमा करार र स्थायी प्राध्यापकहरुको संख्या आधा आधा छ ।
आन्दोलनको पहिलो चरण अन्तर्गत शुक्रबार करार प्राध्यापकहरुले उपकुलपति कार्यालय, रजिष्ट्रार कार्यालय, डिन कार्यालय, परीक्षा नियन्त्रकको कार्यकक्ष, सबै स्कूल निर्देशकहरुको कार्यालय, शिक्षण अस्पताल निर्देशक कार्यालय तथा स्कूल प्रशासन कार्यालयमा तालाबन्दी गरेका थिए ।
विद्यार्थी संगठनहरुको संयुक्त तालाबन्दी
आइतबार नै नेपाल विद्यार्थी संघ र अनेरास्ववियूका विद्यार्थीहरुले पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालय, परीक्षा नियन्त्रण कार्यालय र स्कूल अफ ईञ्जििनयरिङको मूलढोकामा संयुक्त तालाबन्दी गरेका छन् ।
विद्यार्थी संगठनहरुले शुक्रबार अन्तिम सेमेष्टरका विद्यार्थीहरुको परीक्षा तालिका एवम् नतिजा प्रकाशन भदौ २० अगावै गर्नका लागि ज्ञापन पत्र बुझाएका थिए ।
आइतबार नेपाल विद्यार्थी संघ स्कूल अफ ईञ्जिनियरिङका सभापति सन्दिप अधिकारी र अनेरास्ववियु स्कूल अफ ईञ्जिनियरिङका अध्यक्ष सागर केसीले हस्ताक्षर गरेको विज्ञप्तीमा ईञ्जिनियरिङका परिषद्को लाइसेन्सको परीक्षा अगावै विश्वविद्यालयले अन्तिम सेमेष्टरको नतिजा प्रकाशनको ग्यारेन्टी माग गरेका छन् ।

आन्तरिक परीक्षा समेत स्थगित
पोखरा विश्वविद्यालयमा कार्यरत पूर्णकालिन करार प्राध्यापकहरुको पेन डाउनका कारण स्कुल अफ ईञ्जिनियरिङको आन्तरिक परीक्षा स्थगित भएको छ ।
जारी आन्तरिक परीक्षामा करार प्राध्यापकहरुले प्रश्नपत्र बनाउन तथा निरीक्षकका रुपमा काम नगर्ने भएपछि परीक्षा सञ्चालन गर्न नसकिएको आन्तरिक परीक्षा संयोजक अनिलमणि भण्डारीले जनाएका छन् ।

सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन