चितवन । शुक्रबार बिहान नारायणगढ–मुग्लिन सडकअन्तर्गत सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेका दुई बस र यात्रु खोजी क्रममा एउटा शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनास्थलभन्दा ५० किलोमिटर पश्चिम नारायणी नदीमा एक भारतीय नागरिकको शव फेला परेको हो। तर, ती व्यक्ति यात्रु हुन् वा होईनन् भन्ने खुल्न बाँकी रहेको छ ।
उनको साथमा भेटिएका बैंकका एटीएम कार्ड र भारतीय आधार कार्डबाट उनको नाम ऋषिपाल साह भन्ने पहिचान खुलेको प्रहरीले जनाएको छ ।
काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको बस र वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस शुक्रबार बिहान भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोसँगै त्रिशूलीमा खसेर बेपत्ता छन्।
काठमाडौँबाट गौर जाँदै गरेको बसमा २७ तथा वीरगन्जबाट काठामाडौँतर्फ आउँदै गरेको बसमा २४ यात्रु रहेको स्थानीय प्रशासनले जनाएको छ। उक्त दुर्घटनामा परेका ३ यात्रु भने पौडी खेलेर बाँच्न सफल भएका छन्। हिजो शुक्रबार साँझसम्म खोजी गर्दा पनि बेपत्ता बस र यात्रु नभेटिएपछि आज बिहानैदेखि खोजी सुरु गरिएको हो।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
पोखरामा मोटरसाइकलको ठक्करबाट स्कूटरमा सवार १७ वर्षीय सिर्जनको निधन
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
गोरखामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, चालक घाइते
अर्घाखाँचीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, २७ जना घाइते
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु