पोखरा । पोखराको बाटुलेचौरमा रहेका जेष्ठ नागरिक सम्मानित भएका छन्।
मैदान टोल विकास संस्थाले शनिबार एक कार्यक्रमका बीच टोल भित्रका ८० बर्ष माथिका ९ जना जेष्ठ नागरिकलाई सम्मान गरेको हो। साहित्यकार नरहरि भट्टराई, चोक वहादुर थापा, बालकुमारी श्रेष्ठ, टुल्की श्रेष्ठ, गणेश वहादुर वस्नेत, तिलकुमारी श्रेष्ठ, गोमा बस्नेत, स्यानी श्रेष्ठ र खड्क कुमारी थापालाई कार्यक्रमका प्रमुख अतिथि हिमालय क्लबका अध्यक्ष सुशील बस्नेत, सल्लाहकार कुमार श्रेष्ठ, बल बहादुर थापा, शिवराज देवकोटा, कालिका मन्दिरका पुजारी नारायण प्रसाद देवकोटा लगायतकाले सम्मान पत्र सहित सल ओढाएर सम्मान गरे। क्लबका अध्यक्ष बस्नेतले जेष्ठ नागरिक समाजका दर्पण भएको बताउँदै उनीहरूको सम्मान र सेवा गर्नु समाजको दायित्व भएको बताए।
संस्थाका अध्यक्ष मोहन बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा सम्मानित जेष्ठ नागरिक साहित्यकार नरहरि शर्मा भट्टराई, क्लबका पूर्व अध्यक्ष जिव नारायण श्रेष्ठ, अमला बिसौनी धोविनी पाटन टोल विकास संस्थाका अध्यक्ष खगेन्द्र थापा, सचिव मनु बस्नेत लगायतले संस्थाले गरेको कार्य अनुकरणीय रहेको बताए ।
संस्थाका अध्यक्ष थापाले जेष्ठ नागरिक प्रतिको सम्मानलाई निरन्तरता दिँईने प्रतिवद्धता जनाए । कार्यक्रमको संचालन सचिव मनु बस्नेतले गरेकी थिइन्।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन