२४ टोलीको चार हप्ताको रोमाञ्चक खेलपछि आइतबार युरो २०२४ को फाइनल भिडन्त हुँदैछ।
आइतबार राति पौने एक बजे स्पेन र इंग्ल्यान्डबीच उपाधिका लागि जर्मनीको बर्लिनमा प्रतिस्पर्धा हुन लागेको हो।
धेरैका लागि स्पेन प्रतियोगिताको बलियो टोली हो। स्पेनिस टोलीमा रोद्री र अल्भारो मोराटाजस्ता अनुभवी खेलाडीसहित लामिन यमल र निको विलियम्स जस्ता उत्कृष्ट युवा खेलाडीको समिश्रण छ।
साविक विजेता इटाली, आयोजक जर्मनी र सधैं उपाधिको होडमा हुने फ्रान्सले समेत स्पेनको रफ्तारलाई रोक्न सकेनन्।
त्यसैले प्रशिक्षक लुइस डे ला फुएन्टे स्पेन चार युरो कप जित्ने पहिलो राष्ट्र बन्नेमा विश्वस्त छन्।
प्रतियोगितामा सुस्त सुरुवात गरे पनि इंग्ल्यान्ड बलियो बन्दै गएको छ। नेदरल्यान्ड्सविरुद्धको सेमिफाइनलमा सब्सिच्युट खेलाडी ओली वाटकिन्सको अन्तिम समयमा निर्णायक गोल गर्नु इंग्ल्यान्डको टोलीको बलियो डेफ्थ भएको प्रमाणित हो।
सन् २०२० मा इटालीसँग घरेलु मैदानमा भएको फाइनल भिडन्तमा पराजित भएको पिडादायी क्षण बिर्साउन पनि इंग्ल्यान्ड आइतबार राति बर्लिनमा बलियो रुपमा मैदान उत्रनेछ।
पछिल्लो भिडन्तमा सेभियामा भएको नेसन्स लिगमा स्पेनले इंग्ल्यान्डलाई ३-२ गोलले हराएको थियो।
जसले जिते पनि बन्नेछ कीर्तिमान
आजको खेलमा स्पेन र इंग्ल्यान्ड दुईमध्ये जुन टिमले उपाधि जिते पनि प्रतियोगितामा कीर्तिमान बन्नेछ । स्पेन प्रतियोगिताको कीर्तिमानी चौथो उपाधिको लक्ष्यमा रहँदा इंग्ल्यान्ड पहिलोपटक च्याम्पियन बन्ने दाउमा छ ।
फाइनलसम्मको यात्रा तय गर्दा स्पेनले लगातार ६ खेलमा जित निकाल्दै एक कीर्तिमान बनाइसकेको छ । यसको विपरीत असन्तुलित प्रदर्शन र प्रतियोगिताबाटै बाहिरिने उच्च सम्भावनाका बीच इंग्ल्यान्डले फाइनलसम्मको यात्रा तय गरेको छ ।
सन् १९६४, २००८ र २०१२ को युरोसँगै २०१० को विश्वकप विजेता स्पेनमा फाइनलमा असफल हुने डर छैन । उनीहरूमा प्रतियोगिताको सानदार लयलाई कायम राख्दै चौथोपटक युरोपियन च्याम्पियन बन्ने तीव्र आकांक्ष छ ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो