गण्डक न्युज, पोखरा । न्यूरोड स्थित पद्म नर्सिङ होमका शेयरधनी र सञ्चालकबीचको विवाद छताछुल्ल भएको छ । हस्पिटलमा दुई तिहाई शेयर रहेका नरेन्द्र बास्तोलालाई आउट गरेर अघि बढेको अल्पमत शेयरधनी सम्मिलित सञ्चालक समिति अहिले बास्तोला विरुद्ध उत्रिएका छन् । पोखरा उद्योग वाणिज्य संघको कर्पोरेट सदस्यमा उम्मेदवारी घोषणा गरिसकेका बास्तोला विरुद्ध सञ्चालक समिति लागिपरेको रहस्य समेत खुलेको छ । जिल्ला प्रशासन कार्यालयमा उजुरी हालेपछि बास्तोला आफैले प्रेश विज्ञेप्ती प्रकाशित गरी यो विषय सार्वजनिक गरेका हुन् ।
गत पुस २२, २०७४ मा भएको प्रालिको साधारणसभामा ६८.३३ प्रतिशत शेयर रहेका बास्तोला आफै नोट अफ डिसेन्ट लेखेर प्रबन्ध निर्देशक पदबाट राजिनामा दिई बाहिरिएका थिए । त्यसपछि थोरै शेयर रहेकाहरुमध्येबाट डा. विनोद तुलाचनको अध्यक्षतामा सञ्चालक समिति गठन भयो । प्रवन्ध निर्देशकमा डा. यज्ञमान शाक्य छन् । सञ्चालक समिति सदस्यहरुमा डा. सुमिरन श्रेष्ठ, डा. डेला सिंह जोशी, डा. पविन थापा, डा. ऋषि शेरचन, डा. जगत खड्का छन् ।
२४ जना शेयरधनी रहेको कम्पनीमा हाल कायम ९ करोड पूँजीमा बास्तोला एक्लैको नाममा ६ करोड १५ लाख छ । बाँकी २ करोड ८५ लाख २३ जना हो । ती केहि अल्पमत शेयरधनीहरुको बल मिचाईले आफूलाई राजिनामा दिन बाध्य बनाएको र बहिस्कार बीच नै अवैधानिक रुपमा सञ्चालक समिति गठन गरिएको बास्तोलाको गुनासो छ ।
२०५२ सालमा स्थापित पद्म नर्सिङ होमसँग २०७२ सालमा नदिपुर स्थित बुद्ध हस्पिटल मर्ज भएको थियो । २०७१ मा डा. धर्म श्रेष्ठको बुद्ध हस्पिटल बास्तोलाको नाममा किनिएको थियो । यहाँ पनि कर छल्न डाक्टरहरुले यो हर्कत अपनाएको श्रोतको दाबी छ । बुद्ध हस्पिटलसँग गाभेपछि शेयर बाँडफाँड, खरिद विक्रीका क्रममा विवाद भएपछि अहिले नर्सिङ होममा यस्तो अवस्था आएको हो । उनीहरुले आफूले मात्र पाउनुपर्ने माग रहेको र आफूल भने शेयर हाल्ने सबैले पाउनुपर्छ भन्नेमा विवाद उत्पन्न भएको बास्तोलाले भनाई छ । उनीहरु कर छलेर बाँड्नुपर्छ भन्ने तर आफू कर तिरेरै बाँड्नुपर्छ भन्नेमा विवाद भएको बास्तोलाको दाबी छ ।
पोखरा उद्योग वाणिज्य संघमा यसअघि समेत निर्विवाद कर्पोरट सदस्यमा चयन भएका बास्तोलाले यसपटक पनि दोहो¥याउन चाहेका थिए । तर, आफ्नै साथीहरु जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न पुगेपछि बास्तोलाले आफ्नो संस्थाभित्रको विवादलाई सार्वजनिक गरेका हुन् ।
यसैबीच, बास्तोलाले अब आफू पोखरा उद्योग वाणिज्य संघको असोजमा हुने ३२ औं महाधिवेशनमा कर्पोरेट सदस्य पदमा उम्मेदवारी नदिने घोषणा समेत गरेका छन् ।
उनले सार्वजनिक गरेको विज्ञप्ती तल हेर्नुहोस् ।
प्रेस विज्ञप्ति
मिति: २०७५ भाद्र १७ गते
प्रेश विज्ञेप्ती
पोखरा उद्योग वाणिज्य संघको निर्वाचनको पुर्व सन्ध्यामा पद्म नर्सिङ होम प्रा.लि.नदिपुर पोखरा (हाल न्युरोड) द्धारा मेरो विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी हालेको सन्दर्भमा यो प्रेश विज्ञेप्ती प्रकाशित गर्न वाध्य भएको छु ।
म नरेन्द्र बास्तोला पद्म नर्सिङ होम प्रा.लि.नदिपुर पोखरा आजको मितिमा कम्पनि रजिष्ट्रारको कार्यालयमा दर्ता कायम रहेको शेयर दर्ता किताव अनुसार कुल नौ करोड चुक्ता पुँजी मध्ये ६८.३३ प्रतिशत अर्थात रु छ करोड पन्ध्रलाख शेयर पुँजी रहेको शेयरधनी सदस्य हुँ । मिति २०७४/०९/२२ गते संस्थाको वार्षिक साधारण सभा चलिरहेको अवस्थामा मैले कम्पनी ऐन, २०६३ को दफा ७४ को उपदफा ३ अनुसार राखेका प्रस्ताव विरुद्ध निहित स्वार्थमा लागेका केही शेयरधनीहरुको वल मिचाईले मलाई राजिनामा दिन वाध्ये वनाईयो र कम्पनी ऐन २०६३ को दफा ७२ वमोजिम मतदान प्रक्रिया नै नगरी मेरो वहिस्कारमा नै अवैधानिक रुपमा सञ्चालक समिति गठन गरियो । जस्लाई कम्पनी ऐन, २०६३ को दफा १८६ को उपदफा ६ अनुसार एवं पद्म नर्सिङ होम प्रा.लि.को नियमावलीको दफा २७ उपदफा २ वमोजिम निर्वाचन सम्वन्धि एजेण्डामा “यो निर्णयका प्रति मेरो सहमती छैन (नोट अफ डिसेन्ड) – नरेन्द्र बास्तोला (६८.३३ शेयरधनी) लेखि असहमती समेत जनाइ सकेको थिएँ ।
मैले नोट अफ डिसेन्ड लेखि सके पश्चात कानुनी हिसावले अस्तित्व विहिन वनेको सञ्चालक समितिले जिल्ला प्रशासन कार्यालयमा मिति २०७४/११/२५ मा निवेदन दिई दुवै पक्ष विचमा भएको आपसी सहमती अनुरुप मैले उक्त नोट अफ डिसेन्ड काटेर यो सञ्चालक समितिलाई निगाहमा दिई वैधानिकता कायम गरिदिएको मा आज यही सञ्चालक समितिले मलाई पोखरा उद्योग वाणिज्य संघको निर्वाचनको पुर्व सन्ध्यामा सुनियोजित रुपमा मेरो उमेदवारीलाई दुषप्रभाव पार्ने कुनियतले मेरो विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी हालेको प्रति म घोर भत्सर्ना गर्दछु । मेरै निगाहामा वनेको पद्म नर्सिङ होम प्रा.लि को वर्तमान सञ्चालक समिति मेरै प्रतिष्ठामा आँच आउने किसिमले पटक पटक मलाई अपमान गर्दा समेत सहमती र सहकार्य नै अन्तिम विकल्प हो ठानेर म मौन रहिरहेको अवस्थामा मेरो मौनतालाई कमजोरी ठानी यो किसिमको घृणीत कृयाकलाप गर्ने दुस्साहस गरेको प्रति म निन्दा गर्दछु ।
पोखरा उद्योग वाणिज्य संघमा मेरै नाममा संस्था दर्ता प्रमाण पत्र भएको र कानुनी हिसावले पद्म नर्सिङ होम प्रा.लि.मा मेरो दुईतिहाई भन्दा पनि अधिक शेयर भएकोले उमेद्वार वन्न मलाई कुनै पनि किसिमले वाधा नपर्ने भएता पनि यसरी उजुरी परिसके पश्चात पोखराको अग्रणी र जेठो संस्था पोखरा उद्योग वाणिज्य संघलाई मेरो कारणले कुनै असर नपरोस भन्नेमा म चिन्तित भएको हुँदा नैतिकताका हिसावले म कर्पोरेट सदस्य पदमा उमेद्वार नबन्ने निर्णय गरेको व्यहोरा सार्वजनिक रुपमा जानकारी गराउँदछु ।
पद्म नर्सिङ होम प्रा.लि. को सञ्चालक समितिले मेरो उमेद्वारी को घोषण पत्रपत्रिकामा आउनासाथ हतारहतारमा मेरो विरुद्ध जिल्ला प्रशासन कार्यालयमा दिएको उजुरी पोखरा उद्योग वाणिज्य संघका झण्डै ३२ सय सदस्य एवं यो निर्वाचन तर्फ केन्द्रित झण्डै १० हजार पोखरेली व्यापार व्यवसायी साथिहरु माझ मेरो लोकप्रियता र प्रतिष्ठामा आँच पुर्याउन का निमित्त सुनियोजित रुपमा गरिएको दुष्प्रयास हो । म उमेद्वार नवन्ने निर्णयले मेरा शभ चिन्तक साथीहरुमा परेको पिडाको उच्च मुल्याङ्कुन गर्दे पद्म नर्सिङ होम प्रा.लि.को वर्तमान सञ्चालक समितिका प्रत्येक सदस्य संग मेरो अपमानको पल पल को क्षेतिपुर्ति लिन म दृढ संकल्पित छु भन्दै आश्वस्त रहन समेत आग्रह गर्दछु ।
मेरै निगाहामा वनेको पद्म नर्सिङ होम प्रा.लि को वर्तमान सञ्चालक समिति ले मेरा आफन्त जन, म आवद्ध संघ संस्था र प्रतिष्ठान हरुमा कपोकल्पित कुरा गरेर मेरो प्रतिष्ठामा आँच आउने किसिमले पटक पटक मलाई अपमान गरिरहँदा पनि संस्थाको प्रतिष्ठाका लागि म मौन वसिरहँदा यो सञ्चालक समितिले सहमती र सहकार्य का लागि वार्ताको कुनै पनि प्रयास नै नगरी व्यवहारिकता पुर्णतया अन्त्य गरि कानुनी प्रक्रिया अगाडि वढाउदै आज उजुरीको तल्लो स्तरमा पुगेकाले विवादको विषय के हो भन्ने वारेमा सवैको जिज्ञाशा मेटाउँदै सवैलाई स्पष्ट पार्नका निमित्त यो प्रेश विज्ञेप्ती मार्फत सार्वजनिक गर्न चाहन्छु ।
मिति २०७४/०९/२२ गते संस्थाको वार्षिक साधारण सभा चलिरहेको अवस्थामा मैले कम्पनी ऐन, २०६३ को दफा ७४ को उपदफा ३ अनुसार राखेका प्रस्ताव, मिति २०७४/१०/२४ मा प्रवन्ध निर्देशक मार्फत, मिति २०७४/११/१३ मा मध्यस्तकर्ता कर्मचारी यूनियन मार्फत र पटक पटकका सञ्चालक समितिलाई दिइएका पत्राचारहरुमा मेरा एजेण्डा यस प्रकारका राख्नु के मेरो गल्ती हो ?
• संस्था सञ्चालन प्रारम्भ देखि हाल सम्म नै फार्मेसी सञ्चालक वाट संस्थालाई कत्ती पनि रकम प्राप्त नभएको हुँदा अव उप्रान्त फार्मेसी विभाग संस्थाले नै सञ्चालन गर्ने ।
• संस्था सञ्चालनमा प्रयोगशाला विभागको महत्वपुर्ण भुमिका रहने भएकाले अव उप्रान्त प्रयोगशाला विभाग संस्थाले नै सञ्चालन गर्ने ।
• विरामीहरुको सेवाका लागि विहान देखि वेलुका सम्म सम्पुर्ण विषेशज्ञ चिकित्सकहरुको व्यवस्थापन गरि सवै सेवाहरु र विभागहरु सञ्चालन गर्ने ।
• हाल पिसिएल नर्सिङ्ग सञ्चालन भैरहेकोमा अव उप्रान्त अस्पताललाई ५० शैया वाट १०० शैयामा सञ्चालन स्विकृती का लागि प्रत्रिया अगाडी वढाउदै वि..एन. विएससी नर्सिङ्ग लगाएत एकेडेमिक कार्यक्रमहरु सञ्चालन गर्ने ।
• संस्थाको लेखा प्रणाली सतप्रतिशत कम्प्यूटराईज सफेटवयर प्रणालीमा लगि पारदर्शिता कायम गर्ने ।
• संस्था मा कार्यरत चिकित्सकरहरु जस्ले विरामी उपचार गरेको वा सेवा प्रदान गरेको हो श्रम शेोषण नगरी उसैले नै आफेनो पुर्ण अंश पाउने अन्य सिनियर चिकित्सकलाई छुट्याउन नपर्ने गरि कथित ६०/४० को भागवण्डाको अन्त्य गर्ने ।
• अपरेशन विभाग लगाएत सम्पुर्ण सेवामा सम्वन्धिीत चिकित्सक र प्रा.लि.ले पाउने अंशको अनूपात पोखराका अन्य अस्पतालको तुलनामा प्रा.लि.ले पाउने अंशको अनुपात अति न्यून रहेको ले त्यसलाई समायोजन गर्ने ।
• संस्था भित्रै हून सक्ने उपचार , परिक्षण र निदानात्पक सेवा लाई कुनै पनि चिकित्सक, शेयरधनी तथा कर्मचारीहरुले अन्यत्र पठाउन नपाउने गरि रिफर निती वनाउने ।
मिति २०७४/०९/२२ गते संस्थाको वार्षिक साधाारण सभामा कुनै एक शेयरधनी सदस्यले प्रा लि. मा चिकित्सक नै प्रवन्ध निर्देशक चाहिन्छ अरु हुदैन भन्दा तालि वजाएर म सर्वसम्मत रुपमा नियूक्त भएको प्रवन्ध निर्देशकलाई राजिनामा दिन वाध्य पार्दा यो कम्पनी ऐन विरुद्ध हुन्छ / मिल्दैन ; चिकित्सक र अरु मानव एकै हुन भन्नु के मेरो गल्ती हो ?
साधारण सभा भएको भोली पल्ट नै सञ्चालक समितिका सम्पुर्ण सदस्यहरु र केही शेयरधनीहरु संग भेटेर र फोन गरेर अव जे भयो भयो मिलेर जाउँ संस्था जोगाउँ भन्नु के मेरो गल्ती हो ?
कुनै पनि हालतमा तेरो अस्तित्व स्विकार गर्देनौ र तलाई घरखेत वनाउछौ भन्दै सञ्चालक समितिका सदस्य मेरो विरुद्ध लागे पछि कम्पनी ऐन २०६३ को दफा ७२ वमोजिम मतदान प्रक्रिया नै नगरी मेरो वहिस्कारमा नै अवैधानिक रुपमा गठन गरिएको सञ्चालक समितिलाई कम्पनी ऐन, २०६३ को दफा १८६ को उपदफा ६ अनुसार एवं पद्म नर्सिङ होम प्रा.लि.को नियमावलीको दफा २७ उपदफा २ वमोजिम निर्वाचन सम्वन्धि एजेण्डामा “यो निर्णयका प्रति मेरो सहमती छैन (नोट अफ डिसेन्ड) -नरेन्द्र बास्तोला (६८.३३ शेयरधनी) लेखि असहमती जनाउनु के मेरो गल्ती हो ?
उक्त सञ्चालक समितिले जिल्ला प्रशासन कार्यालयमा मिति २०७४/११/२५ मा निवेदन दिई दुवै पक्ष विचमा भएको आपसी सहमती मैले पुर्णतया पालना गर्दे उक्त नोट अफ डिसेन्ड काटेर यो सञ्चालक समितिलाई निगाहमा दिई वैधानिकता कायम गरिदिनु, अन्य पटक पटकका आपसी सहमती मैले पुर्णतया पालना गर्नु तर सञ्चालक समितिले सहमतीको मतलव नै नगरी मलाई अपमान गरिहँदा पनि संस्थाको हितका लागि कतै उजुरवाजुर नगर्नु के मेरो गल्ती हो ?
सहमती अनुसार सम्पुर्ण माईन्यूट, लेखापक्षिण प्रतिवेदन लगाएत तिसलाख राखेर पाँचलाखको शेयर पाउने १२ जना शेयरधनीहरुको सम्पुर्ण विवरण र कागजात , पुराना दुई करोड पचपन्न लाख राख्ने शेयरधनीहरुको सम्पुर्ण विवरण र कागजात प्रवन्ध निर्देशकलाई वरवुझारत गरि पहीले लेखापरिक्षणमा नभएकाले नमिलेको हो अव यो सवै कागजात लगि कम्पिनी रजिष्ट्रारको कार्यालयमा शेयर दर्ता कायम गरिदिनु भन्नु के मेरो गल्ती हो ?
वुद्ध हस्पिटल प्रा.लि र पद्म नर्सिङ होम प्रा.लि एक अपसमा गभिएर वुद्ध हस्पिटल प्रा.लिको एकल शेयरधनीका कारणले मेरो नाउमा पद्म नर्सिङ होम प्रा.लिमा कायम रहेको शेयर विक्रि वितरण गरि सवै शेयरधनीहरुको नाउँमा वाँडफाँड गर्दा आयकर ऐन २०५८को दफा ९५ क अनुसार लाग्ने पुजिगत लाभ कर र ऋण जो जास्ले लिने हो उसैले तिरौ संस्थाले तिर्ने हैन भन्नु के मेरो गल्ती हो ?
उक्त शेयर विक्रि वितरण गरि सवै शेयरधनीहरुको नाउँमा वाँडफाँड गर्दा लाग्ने पुजिगत लाभ कर र ऋण सवै संस्थाले नै तिर्ने हो भने नयाँ पुराना सवैले उक्त शेयर समेत पाउनु पर्छ अन्यथा अन्याय हुन्छ भन्नु के मेरो गल्ती हो ?
त्यसरी अन्याय गरेर शेयर विक्रि वितरण गरि शेयरधनीहरुको नाउँमा वाँडफाँड गर्ने गरि मिति २०७५/०२/०९ को विशेष साधारण सभाको निर्णयमा “यो निर्णयका प्रति मेरो सहमती छैन (नोट अफ डिसेन्ड) भन्नु के मेरो गल्ती हो ?
मलाई वाटो विचमा गाडीमा हिडिरहेको वेला गाडी रोकेर सञ्चालक समितिका कुनै एक सदस्यको नाम लिदै उहाँले भनेको खुरुखुरु मान्ने आदेश दिदै डरधम्की दिदा समेत संस्थाको हितका लागि कतै उजुर वाजुर नगर्नु के मेरो गल्ती हो ?
मिति २०७५/०२/०९ को बिषेश साधारण सभाको प्रक्रिया र केही शेयरधनीहरुको दुरासयपुर्ण भावनाले राखिएको एजेण्डा प्रति नै असहमति जनाउदै म आफु सो बिशेष साधारण सभामा सहभागी हुन सक्दिन र यदि हुनु नै पर्छ भने मेरा आफ्ना एजेण्डा र मेरो आफ्नो शेयर अनुपात उल्लेख गरि दिनु भनि लिखित पत्र दिनु के मेरो गल्ती हो ?
लिखित रुपमै मेरा एजेण्डा पनि समाबेस गरिदिनु भनी मागेकोमा त्यसको वेवास्था गरि र मेरो शेयर अनुपात समेत नखुलाई बलपुर्वक बिशेष साधारण सभा गर्दा म अनुपस्थित रहन के मेरो गल्ती हो ?
म अनुपस्थित रहेकाले कोरम ( आवश्यक गणपुरक संख्या) नपुगेको अबस्थामा बिचमा नै मेरो घरमा राती अन्य शेयर धनी सदस्यहरु बसमा आई अपहरण शैलीमा मलाई लगि साधारण सभामा उपस्थित र दस्तखत गराई मलाई कुनै पनि एजेण्डामा बोल्न नदिई अमानवीय ब्यबहार गरि बलपूर्वक गरेको साधारण सभाका निर्णयलाई “यो निर्णयका प्रति मेरो सहमती छैन (नोट अफ डिसेन्ड) लेखि असहमती जनाउनु के मेरो गल्ती हो ?
मैले वनाएको सफेटवयरमा काम नगुर्नु भनेर पटक पटक अनुरोध गरे पश्चात पनि त्यसैमा काम गर्ने अहिले मेरो सफेटवयर चार्ज, मेरो काम गरेको वेलाको पारिश्रमिक, मेरो उपदान र सञ्चयकोष निकासा पत्र दिनु म हिसाव दिन्छु भन्नु के मेरो गल्ती हो ?
उपरोक्त अनुसार मैले आँफेले आत्मालोचना गर्दा मैले कहिँ कतै कमी कमजोरी गल्ती नगरेको पाउदा पाउदै पनी संस्थाको वचाउका लागि मौन वसिरहँदा मेरो मौनतालाई कमजोरी ठानी कानुनी राज्य र विधीको शाशन नै नभएको जस्तो गरि वर्तमान सञ्चालक समितिले म प्रति वल प्रयोग गर्दे अन्याय अत्याचार गरिरहँदा पनि अन्य शेयरधनी सदस्यहरुले नवुझी उल्टै उनीहरुकै समर्थनमा पछी लगेर हिडिरहनु दुर्भाग्यपुर्ण छ । यस किसिमको कृयाकलाप का कारणले संस्थालाई पर्न सक्ने हानी नोक्सानीको सम्पुर्ण जिम्मेवारी वर्तमान सञ्चालक समिति नै हुनेछ एवं वर्तमान सञ्चालक समिति संग मेरो अपमानको पल पल को क्षेतिपुर्ति लिन म दृढ संकल्पित छु ।
नरेन्द्र वास्तोला
पद्म नर्सिङ होम प्रा.लि.नदिपुर पोखरा
६८.३३ शेयरधनी
This will close in 3 seconds
सम्बन्धित खबर
रविसँगको बयान अझै सकिएन, तेस्रो पटक म्याद थप्ने तयारी
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
कास्की एकदिवसीय क्रिकेटमा राइजिङ पोखरा च्याम्पियन
रवि लामिछानेसँग झण्डै ९ घन्टा सरकारी वकिलले लिए बयान
साहित्यकार एवं भाषाविद् मुकुन्द शरण उपाध्यायलाई शुक्ला साहित्य राष्ट्रिय पुरस्कार प्रदान गरिने
यो पनि पढौँ
दुई वटा हल्का विमान आपसमा ठोकिँदा ३ जनाको मृत्यु
स्याङ्जा फेदीखोलामा पढाइ सकिएपछि जागिर
सृष्टि खड्का बनिन् मिस पोखरा
बदली र वर्षाको सम्भावना