अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को उपाधि जितेको छ।
लाउटारो मार्टिनजले अतिरिक्त सममया गोल गरेपछि कोलम्बियालाई पराजित गर्दै अर्जेन्टिनाले कीर्तिमानी १६औं पटक कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । अमेरिकाको मायमीस्थित हार्ड रक रंगशालामा कोलम्बियालाई १-० गोलले पराजित गर्यो।
निर्धारित समयको खेलमा कुनै गोल हुन नसकेपछि खेल एक्स्ट्रा समयमा धकेलिएको थियो। जसमा अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले गोल गर्न सफल भए। उनले खेलको ११२औं मिनेटमा गोल गरेका थिए।
यससँगै अर्जेन्टिनाले लगातार दोस्रो पटक कोपा अमेरिकाको उपाधि जितेको छ। सन् २०२१ मा अर्जेन्टिनाले ब्राजिललाई पराजित गरेर उपाधि जितेको थियो। अर्जेन्टिनाले समग्रमा १६औं पटक कोपाको उपाधि जित्न सफल भयो। १६औं उपाधि जितेसँगै अर्जेन्टिनाले सर्वाधिक कोपा जित्ने रेकर्ड पनि बनाएको छ। अघिल्लो पटक उपाधि जित्दा अर्जेन्टिनाले उरूग्वेको नाममा रहेको १५ उपाधिको रेकर्ड बराबरी गरेको छ।
खेलमा अर्जेन्टिनाका कप्तान लिओनल मेसी घाइते हुँदै बाहिरिन बाध्य भएका थिए। दोस्रो हाफमा उनी मैदान बाहिरिएपछि निकोलास गोन्जालेज मैदान छिरेका थिए। ६८ मिनेटमा मेसीको खुट्टामा समस्या देखिएको थियो।

Image Source : GETTY
चोटका कारण मैदान बाहिरिएसँगै मेसी निकै भावुक बनेका थिए। जसका कारण उनको आँखाबाट आँशु झरेको थियो। उनी मैदान बाहिरिदा मैदानमा उपस्थित दर्शकहरूले मेसीका लागि ठूलो हुटिङ गरेका थिए।
तीन कोपा अमेरिका र एक विश्वकपको फाइनलमा पुगेर पनि पराजय भोगेका मेसीले पछिल्लो कोपा र विश्वकपको भने उपाधि जितेका थिए। मेसीले कोपा २०२४ को उपाधि जितेसँगै तीन वर्षमा तेस्रो उपाधि जित्न सफल भए।
यसअघि कोपा २०२४ मा मेसी चिलीविरुद्धको खेलमा घाइते भएका थिए। जसका कारण उनले समूह चरणमा पेरुविरुद्धको खेल गुमाएका थिए। सेमिफाइनलमा क्याडनाविरुद्ध गरेको गोल उनको कोपा २०२४ को एक मात्र गोल हो।
च्याम्पियन बनेपछि अर्जेन्टिना कोपा अमेरिकाको सर्वाधिक सफल टोली बनेको हो । यसअघि अर्जेन्टिना र उरुग्वेले समान १५ पटक उपाधि जितेको थियो । अब अर्जेन्टिनाले उरुग्वेलाई पछि पारिसकेको छ ।
यसैगरी, अर्जेन्टिनाले लगातार तीन मुख्य उपाधि समेत जितेको छ । अर्जेन्टिनाले सन् २०२१ मा कोपा अमेरिकाको उपाधि जितेको थियो भने सन् २०२२ मा फिफा विश्वकपको उपाधि जितेको थियो ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो