पोखरा, नागढुंगास्थित युनिक होटलमा गत मंसिर ५ गते भएको हत्याकाण्डको आरोपी ८ महिनापछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बाग्लुङ गल्कोट नगरपालिका वडा नं. ९ मल्मका २९ वर्षीय सञ्जय बिक छन् ।
तनहुँ भिमादकी ३८ वर्षिया सुकु विक होटलमा मृत भेटिएकी थिइन् । उनी एक पुरूषसँग उक्त होटलमा बसेकी थिइन् ।
बिकलाई साउन २ गते बिहान गैँडाकोट २ हर्कपुरस्थित डेराबाट पक्राउ गरिएका कास्की प्रहरीका प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए । उनी श्रीमती र छोरालाई पोखरामै छाडेर गैँडाकोटमा कोठा लिएर लुकिछिपी बस्दै आएको प्रहरीले जनाएको छ ।
मृत भेटिएकी सुकु हाेटल यूनिक नजिकैकाे शिला रेष्टुराँमा काम गर्थिन् । मंसिर ५ गते साँझ ६ बजेर ५० मिनेटतिर सुकु एक पुरुषसहित युनिक होटलमा पुग्छिन् । सुकुसँग होटलमा गएका पुरुषले निलो रंङको हुड, टोपी र मास्क लगाएका थिए ।
तर, होटलमा सीसीटिभी जडान नभएकाले प्रहरीले बलियो प्रमाण पाउन सकेन । नाम पनि थाहा नहुँदा प्रहरीलाइ अनुसन्धान गर्न कठिन भयो ।प्रहरीले सुरूमा होटल सञ्चालकसहित ५ जनालाई पक्राउ गरी अनुसन्धान थालेको थियो।

सञ्जय भने भारत भागे । यद्यपी, प्रहरी निरन्तर अनुसन्धानमा लागिरह्यो। सञ्जय पनि शंकाकै घेरामा थिए ।
प्रहरीका अनुसार सञ्जय सुकुसँग सँगै बसेको र उनले सुकुको घाँटी थिची हत्या गरेको विभिन्न अनुसन्धानले पुष्टि गरेको छ ।
कास्की प्रहरी प्रमुख एसपी मोहन कुमार थापाका अनुसार पक्राउ परेका सञ्जयले सुकुको हत्या गरेर साथमा रहेको आइफोन थर्टिन प्रो म्याक्स र सुनको २ थान टप र सिक्री लुटेर भागेका थिए ।
प्रहरीले अनुसन्धान गर्दैजाँदा उक्त फोन महोत्तरी बर्दीबास–७ का राजेश बुढाथोकीको साथबाट केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले फेला पारेको थियो । त्यसपछि अनुसन्धान गर्दैजाँदा उक्त मोवाइल बाग्लुङ गलकोट ९ स्थायी घर भइ पोखरा ७ घारीपाटन बस्ने संजय बिकसंग ४० हजार ५ सयमा खरीद गरेको खुल्न आयो । यसैबाट प्रहरी सुकुको हत्या सञ्जयले नै गरेको निस्कर्षमा पुगेको हो ।
प्रहरी उपरीक्षक थापाका अनुसार सञ्जयले हत्या गरेको साबिती बयान दिएका छन् । सञ्जय २०७२ सालमा चोरी मुद्धामा २ वर्ष जेल सजाय भोगेर निस्केका थिए । उनीविरुद्ध २०७३ साल ५ महिना १ गते वडा प्रहरी कार्यालय बैदाममा अभद्र व्यवहार कसुरमा मुद्धा समेत चलेको थियो ।
सम्बन्धित समाचारः
पोखरा नागढुंगाको युनिक होटलमा भिमादकी सुकुको शंकास्पद मृत्यु
सम्बन्धित खबर
बुबाको हत्या आरोपमा छोरालाई कारागार
इनिसाको पोस्टमार्टम रिपोर्ट: बलपूर्वक यौनसम्पर्कले मृत्यु, यस्तो छ प्रेमी भनिएका किशोरको बयान
सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर