गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले कास्की कारागारको निरीक्षण गरेका छन् ।
शुक्रबार कारागार पुगेर उनले बिरामी भएका कैदीबन्दीको स्वास्थ्य अवस्थाका बारेमा बुझेका हुन् । भाइरल इन्फ्लुन्जाले संक्रमीत भएका कैदीबन्दीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिइएको मन्त्री थापाले बताए ।
कारागारका जनस्वास्थ्य निरीक्षक तपरमण पोखरेलले १४५ जनालाई भाइरल इन्फ्लुन्जा देखिएको बताए । कारागारमा तीनवटा ब्लक भएकोमा ‘ख’ ब्लकमा संक्रमण फैलीएको हो । ‘क’ ब्लक केहीलाई संक्रमण भए पनि अरु सुरक्षित रहेको उनले बताए ।
बिरामी भएका ९२ जना कैदीबन्दीको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा स्वास्थ्यमा परिक्षण गरिएको छ । ४२० क्षमता भएको कारागारमा झन्डै दोब्बर कैदीबन्दी रहेको कारागारका कारागार प्रशासक राजेन्द्र शर्माले बताए । उनका अनुसार कास्की कारागारमा अहिले ७८३ जना कैदीबन्दी रहेका छन् ।
कारागारमा खानेपानीको समस्याका कारण भाइरल इन्फ्लुन्जा फैलिएको अनुमान गरिएको छ । मन्त्री थापाले विरामीलाई आवश्यक पर्ने औषधि लगायत पोसिलो आहारको लागि प्रदेश सरकारले सहयोग गरेको बताए । कैदीबन्दीले प्रेसर, सुगर लगायतको नियमित खाइरहने औषधि निशुल्क उपलब्ध गराउन माग गरेका छन् ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ