पोखराको लेकसाइडस्थित हल्लनचोकमा हाइलक्स गाडी र मोटरसाइकल एक आपसमा ठक्कर खाएर भएको दुर्घटनामा मोटरसाइकल चालकको ज्यान गएको छ ।
कास्की प्रहरीका अनुसार मृत्यु हुनेमा पोखरा ८ बस्ने २६ वर्षीय ईश्वर परियार रहेका छन् ।
आज सबेरै पौने ६ बजे पोखरा महानगरपालिका वडा नं. ६ हल्लनचोकमा ग ३ च ३४५७ नं. को हाईलक्स गाडी र ग ११ प ९१ नं को मोटरसाइकल एक आपसमा ठक्कर खान पुगको थियो ।
दुर्घटनापछि मोटरसाइकल चालक परियार घाइते भई उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा पठाएकोमा पौने ७ बजे उपचारको क्रममा चिकित्सकद्वारा मृत्यु घोषणा गरेको कास्की प्रहरीले जानकारी दिएको छ ।
वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट प्रहरी टोली खटिई गई दुवै सवारी साधन र हाईलक्स चालक जिल्ला बर्दिया ठाकुर बाबा न.पा. ८ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा वडा नं.१७ ड्यामसाईड बस्ने वर्ष ३० को सुशिल दहितलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
अन्नपूर्णमा भएको दुर्घटनामा पुष्पराजको मृत्यु
यसअघि, कास्कीमा नै भएको सवारी दुर्घटना हुँदा अर्का एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा अन्नपूर्ण गाउँपालिका वडा नं. ३ लक्ष्मी देउरालीका ४२ वर्षीय पुष्पराज पौडेल छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका पौडेलको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कास्की प्रहरीका अनुसार शुक्रबार राति अन्नपूर्ण गाउँपालिका वडा नं. ३ चुइनेपहरास्थित सडकमा बिएए ४४४८ नम्बरको स्कारपियो र ना३५प ६७३१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको हो ।
मृत्यु हुने पौडेल मोटरसाइकल चालक भएको प्रहरीले जनाएको छ । स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’