पोखराको लेकसाइडस्थित हल्लनचोकमा हाइलक्स गाडी र मोटरसाइकल एक आपसमा ठक्कर खाएर भएको दुर्घटनामा मोटरसाइकल चालकको ज्यान गएको छ ।
कास्की प्रहरीका अनुसार मृत्यु हुनेमा पोखरा ८ बस्ने २६ वर्षीय ईश्वर परियार रहेका छन् ।
आज सबेरै पौने ६ बजे पोखरा महानगरपालिका वडा नं. ६ हल्लनचोकमा ग ३ च ३४५७ नं. को हाईलक्स गाडी र ग ११ प ९१ नं को मोटरसाइकल एक आपसमा ठक्कर खान पुगको थियो ।
दुर्घटनापछि मोटरसाइकल चालक परियार घाइते भई उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा पठाएकोमा पौने ७ बजे उपचारको क्रममा चिकित्सकद्वारा मृत्यु घोषणा गरेको कास्की प्रहरीले जानकारी दिएको छ ।
वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट प्रहरी टोली खटिई गई दुवै सवारी साधन र हाईलक्स चालक जिल्ला बर्दिया ठाकुर बाबा न.पा. ८ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा वडा नं.१७ ड्यामसाईड बस्ने वर्ष ३० को सुशिल दहितलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
अन्नपूर्णमा भएको दुर्घटनामा पुष्पराजको मृत्यु
यसअघि, कास्कीमा नै भएको सवारी दुर्घटना हुँदा अर्का एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा अन्नपूर्ण गाउँपालिका वडा नं. ३ लक्ष्मी देउरालीका ४२ वर्षीय पुष्पराज पौडेल छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका पौडेलको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कास्की प्रहरीका अनुसार शुक्रबार राति अन्नपूर्ण गाउँपालिका वडा नं. ३ चुइनेपहरास्थित सडकमा बिएए ४४४८ नम्बरको स्कारपियो र ना३५प ६७३१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको हो ।
मृत्यु हुने पौडेल मोटरसाइकल चालक भएको प्रहरीले जनाएको छ । स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?