पोखरा । युनाइटेड क्लव पोखराले अविरल वर्षाका कारण पहिरोमा परि ज्यान गुमाएका चार परिवारलाई आर्थिक सहयोग गरेको छ । पोखरा महानगरपालिका वडा नं ३२ चैनपुर, पोखरा २७ अर्चले र पोखरा १९ पुरनचौरमा पहिरोमा परि ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गरेको हो ।
क्लवले तिहारको अवसरमा आयोजित देउसीभैलो कार्यक्रममा संकलन गरिएको रकमबाट स्थापित विपद ब्यवस्थापन कोष मार्फत विपदमा परेकाहरुलाई आर्थिक सहयोग गरेको हो ।
आर्थिक सहयोग अन्तर्गत पोखरा ३२ चैनपुर आरती ओझाको परिवारलाई १० हजार, पोखरा २७ अर्चलेका स्वर्गीय अनमोल सुनार र स्वर्गीय भीम थापाको परिवारलाई १०÷१० हजार र पोखरा १९ पुरनचौरका पहिरोबाट ७ जना परिवार गुमाएका पवन परियारलाई २५ हजार नगद प्रदान गरेको हो ।
युनाइटेड क्लबले प्रत्येक वर्ष विपदमा परेका परिवारलाई आर्थिक सहयोग प्रदान गर्दै आइरहेको र सोही कार्यक्रम अन्तर्गत असार महिनामा अविरल वर्षाका कारण पहिरोमा परि ज्यान गुमाएका परिवारलाई राहत स्वरुप आर्थिक सहयोग गरेको युनाइटेड क्लव पोखराका अध्यक्ष राजु श्रेष्ठले बताए ।
उक्त कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष हिमाल बख्रेल, वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापा, प्रथम उपाध्यक्ष गणेश तिमिल्सिना, कोषाध्यक्ष सुुर्य बहादुर बानियाँ, सह कोषाध्यक्ष सीमा गुरुङ, कार्यसमिति सदस्यहरु सन्तोष कार्की, जयराम आचार्य, पूर्ण कुमार श्रेष्ठ र आजीवन सदस्य कृष्ण गौतम, सल्लाहकार रमेश कार्की लगायतको उपस्थिती रहेको क्लवका महासचिव दिनेश सुनारले बताए ।
स्थापना कालदेखीनै देउसीभैलो कार्यक्रम गरी संकलन भएको रकमबाट विपद ब्यवस्थापन कोष स्थापना गरी नेपालको पश्चिम कैलाली देखी पूर्वमा उदयपुर सम्म विपदमा परेकाहरुलाई आर्थिक, नैतिक र भौतिक सहयोग गर्दै आइरहेको बताउदै बिपदमा परी ज्यान गुमाएका प्रति श्रद्धान्जली सहित परिवारमा समवेदना प्रकट गरेको सुनारले बताए ।
सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’