पोखरा । पोखराको सभागृहमा फरएभर ग्रिन एजुकेशन कन्सल्टेन्सी सञ्चालनमा आएको छ । आइतबार उक्त कन्सल्टेन्सीको सुरुवात गरिएको हो । कन्सल्टेन्सीका स्पेसिफाइड स्किल्ड वर्कर (एसएसडब्लु) भिसा अन्तर्गत जापान जान चाहनेहरुका लागि लक्षित गर्दै कन्सल्टेन्सी सञ्चालनमा आएको सञ्चालन तथा प्रशिक्षक विनोद रानाभाटले जानकारी दिए ।
उनका अनुसार १८ वर्षभन्दामाथिका युवाहरु जो जापान जान चाहन्छन्, उनीहरुले स्पेसिफाइड स्किल्ड वर्कमा एप्लाई गर्न सक्नेछन् । औपचारिक शैक्षिक प्रमाणपत्र नभएपनि कुनै क्षेत्रमा स्किल भएको तथा जापानीज भाषा ४ लेभल पास गरेकाले एप्लाई गर्न सक्ने रानाभाटले सुनाए । कन्सल्टेन्सीले भाषा कक्षा पनि सञ्चालन गरिरहेको उनको भनाइ थियो ।
जापान सरकारले नेपाल लगायतका देशहरुबाट स्किल्ड वर्क कामदार भित्र्याउन विभिन्न देशसँग एसएसडब्लु सम्झौता गरेको छ । सोही भिसा अन्तर्गत आफूहरुले न्यूनतम शुल्कमा नेपालीलाई जापान पठाउने अर्की सञ्चालक लक्ष्मी कोइरालाले जानकारी दिइन् । कोइरालाका अनुसार १० वर्ष बढी जापान बसेर फर्केका ४ साथीहरुले कन्सल्टेन्सी खोलेका हुन् । विनोद रानाभाट, लक्ष्मी कोइराला, शिल्पा पुन मगर र मञ्जु थकाली मिलेर कन्सल्टेन्सी सञ्चालकमा ल्याएका हुन् । उनीहरुले आफूहरुले जापान बाहेक अन्य देशका लागि काम नगर्ने बताए ।
‘एसएसडब्लुसँगै हाम्रो कन्सल्टेन्सीले जापानको भिजिट भिसाका लागि पनि काम गर्छ । त्यो बाहेक अहिले अन्य देशका लागि काम गर्दैनौं,’ सञ्चालक कोइरालाले जानकारी दिइन् । जापान सरकारले एसएसडब्लुमा कामदार लगेर स्वदेश फर्किसकेपछि जापानमा ‘अन द जब’ तालिम मार्फत हासिल गरेको सीप र ज्ञान साझा गरेर अन्तर्राष्ट्रिय योगदान प्रदान गर्ने लक्ष्य लिएको छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन