पोखरा। पर्यटन राजधानी पोखरामा कर्मचारी मिलन केन्द्र कास्कीले प्राकृतिक तथा सांस्कृतिक सम्पदा सरसफाई अभियान सुरु गरेको छ ।
समाजिक उत्तरदायित्व बहन गर्दै केन्द्रको संयोजनमा प्रत्येक महिनाको एक दिन पोखरा क्षेत्रका प्राकृतिक एवम् सांस्कृतिक सम्पदालाई सरसफाई गर्ने गरी अभियान थालिएको केन्द्रका अध्यक्ष लोकनाथ आचार्यले जानकारी दिए ।
प्रत्यक महिनाको ५ गते सम्पदा सरसफाई अभियान सञ्चालन गरिने बताउँदै उनले उक्त दिन सार्वजनिक विदा परेमा ६ गते गर्ने गरी कार्यक्रम तय गरिएको बताए ।
एक समारोहका बीच हिजो सरसफाई अभियानको शुभारम्भ गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई ग्रिन सिटी, क्लिन सिटी बनाउने कार्यमा यो अभियान महत्वपूर्ण बन्ने बताए । यस अभियानले पोखरालाई सफा बनाउने कुरामा जनचेतना अभिबृद्धि समेत गर्ने उनले विश्वास व्यक्त गरे ।
कर्मचारी मिलन केन्द्रका संरक्षक एवम् कास्कीका प्रमुख जिल्लाअधिकारी भरतमणि पाण्डेले राष्ट्रसेवक कर्मचारीहरू समाजिक उत्तरदायित्व अन्तर्गत यस अभियानमा जोडिने बताए । प्रत्येक महिनाको एक दिन यस अभियान अन्तर्गत पोखरा क्षेत्रका कुनै न कुनै सम्पदा सरसफाई गरिने उल्लेख गर्दै उनले यसमा सबैको साथ र सहयोगको आवश्यकता रहेको बताए ।
पोखराको फेवाताल स्थित बाराही घाटबाट सुरु गरिएको सरसफाई अभियान फेवातालको किनारा क्षेत्रमा केन्द्रित गरिएको थियो । सरसफाईमा तीन वटै सुरक्षा निकाय, पोखरा महानगरपालिका, राष्ट्र सेवक कर्मचारी, नागरिक अभियन्ता, स्थानीय पर्यटन व्यवसायी लगायतको उपस्थिति थियो ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ