पोखरा । पोखराको लेकसाईडमा रहेको मजेष्टिक लेक फ्रण्ट होटल एण्ड सुईट्स प्रालिले प्रथम वार्षिकोत्सव मनाएको छ । अघिल्लो वर्षदेखि सञ्चालनमा आएको पोखरा–६ लेकसाईडको खहरेस्थित फेवाताल किनारमा रहेको मजेष्टिक लेक फ्रण्ट होटलले आफ्नो प्रथम वार्षिकोत्सव फेवाताल सरसफाई, कर्मचारी पुरस्कृतलगायतका कार्यक्रम गरेर मनाएको हो ।
होटलको वार्षिकोत्सवको अवसरमा फेवाताल सरसफाई गरिएको होटलका सञ्चालक सुनिलबहादुर भट्टराईले जानकारी दिए । ‘तालमा रहेको जलकुम्भी झार, प्लाष्टिक, बोतललगायत बाहिर निकाल्यौं र संकलन गरेर डिस्पोज गर्नका लागि पठायौं’–उनले भने । ताल सरसफाईमा होटल सञ्चालक भट्टराई, उनको परिवारसँगै ६० जना कर्मचारीहरु सहभागि भएको उनले बताए ।
ताल सरसफाईपश्चात कर्मचारीलाई सम्मान तथा मनोरञ्जनात्मक कार्यक्रम गरेर वार्षिकोत्सव मनाइएको सञ्चालक भट्टराईले बताए । होटलले हेड अफ डिपार्टमेन्ट अफ दी ईयरबाट सेफ राजेश सुनुवार, ईम्प्लोयी अफ दी ईयरबाट रेशम थापा, ईम्प्लोयी अफ दी मन्थबाट शुक्रकुमारी आले र राइजिङ ईम्प्लोयी अफ दी ईयरबाट कृष्ण पौडेल पुरस्कृत भएको उनले जानकारी दिए ।
फेवाताल किनारमा करीब ७ रोपनी क्षेत्रफलमा सञ्चालित यो होटल अघिल्लो वर्षदेखि सञ्चालनमा आएको हो । होटलबाट फेवाताल, माछापुच्छ«े र अन्नपूर्ण हिमश्रृंखलाको दृश्यावलोकनसँगै मेथलाङ डाँडासमेत नजिकबाट नियाल्न सकिन्छ । त्यसैले त यो होटल एक वर्षपनि नपुग्दै ट्रिप एडभाईजरमा पोखराको उत्कृष्ट ५ मा पर्न सफल भइसकेको छ । होटलमा ३ वटा स्वीट रुमसहित डिलक्स, सुपर डिलक्स गरेर ३८ वटा कोठाहरु रहेका छन् । त्यसबाहेक एक जना अट्नसक्ने कन्फिरेन्स हल, स्पा, साउना स्ट्रिम, मसाजलगायतका सुविधाहरुपनि रहेको सञ्चालक भट्टराईले बताए । होटल परिसरमै २ सय बढी अटाउने रेष्टुरेण्ट छ भने त्यहाँ हरेक दिन एकोष्टिक लाइभ हुने गरको छ । जसको मज्जा पर्यटकले लिन पाउने उनले बताए । रेष्टुरेण्टमा कन्टिनेन्टल, नेपाली, भारतीय खानालगायतका परिकारको स्वाद लिन सकिने भट्टराईले बताए । होटलमा आएका पाहुनालाई सहज होस् भनेर खुल्ला क्षेत्रफल भएको पार्किङपनि रहेको उनको भनाई छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ