त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सौर्य एयरलाइन्सको ९ एन एएमई विमान दुर्घटना भयो । दुर्घटनापछि अहिले उद्धार जारी छ । सुरक्षाकर्मी र विमानस्थलका फायरफाइटरहरु आगो निभाउन लागि परेका छन् ।
पोखराका लागि उडेको यो जहाजले धावनमार्ग छाड्नासाथ क्र्यास भएर भुईँमा बजारिएको पाइएको छ ।
प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले १८ जनाको शव निकालेका छन् । विमानका चालक मनिषरत्न शाक्यको उद्धार गरिएको छ । उनको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ । उनको टाउकोमा चाेट लागेको छ ।
करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेका थिए ।
विमानस्थलका अधिकारीहरूका अनुसार विमानले अन्य विमानहरूलाई क्षति पुर्याएको छैन । विमानस्थल नजिकका घरहरूमा पनि कुनै क्षति पुगेको छैन ।
कति बेला के भयो ?
११:१५ : जहाज दुर्घटनाको खबर प्रहरीले वाकीटकीमा मार्फत पायो ।
११:३४ : जहाजका क्याप्टेन एमआर शाक्यको घटनास्थलबाट उद्धार ।
११:४० : दुर्घटनास्थलमा लागेको आगो पूरै निभाइयो ।
११:५० : चालक दलका २ सदस्यसहित कम्तीमा १९ जना विमानमा सवार रहेको जानकारी प्राप्त ।
११:५१ : दुर्घटनास्थलबाट संकलित शवहरु त्रिवि शिक्षण अस्पतालमा लगियो ।




सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
पोखरामा मोटरसाइकलको ठक्करबाट स्कूटरमा सवार १७ वर्षीय सिर्जनको निधन
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
गोरखामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, चालक घाइते
अर्घाखाँचीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, २७ जना घाइते
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु