त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनाले विमानस्थल बन्द भएपछि काठमाडौं अवतरण गर्न लागेका विमानहरूलाई भैरहवातर्फ डाइभर्ट गरिएको छ ।
विमानस्थल बन्द भएको कारण भैरहवादेखि काठमाडौं र धनगढीदेखि काठमाडौं आन्तिरक उडान भरेको श्री एयरलाइन्सको दुईवटा विमान भैरहवामा अवतरण भएको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले जानकारी दिए ।
‘त्रिभुवन विमानस्थलमा विमान दुर्घटना भएको कारण अवतरण गर्न नपाएका विमानहरू गौतमबुद्ध विमानस्थलतर्फ डाइभर्ट भइ अवतरण भएका छन्’, उनले भने, ‘गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल खुल्ला छ र आवश्यक परे हामी अन्तराष्ट्रिय विमानहरू पनि अवतरणका लागि अनुमति दिने तयारी अवस्थामा छौँ ।’
त्रिभुवन विमानस्थल बन्द हुँदा उडान अवतरण प्रभावित भएका छ । अवतरण गर्न लागेका केही अन्तराष्ट्रिय विमानहरू भारतीय आकाशमा ‘होल्ड’ भएका छन् ।
विमान दुर्घटनामा परेपछि १२ : ४५ सम्मका लागि कार्यालयले नोटाम जारी गरेको थियो । नोटामका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने र अवतरण गर्ने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन् । जसका कारण मलेसियाको क्वालालुम्पुरबाट आएको मलेसिया एयरलाइन्सको जहाज डाइभर्ट गरिएको छ ।
त्यस्तै बैंककबाट थाई एयरवेजको जहाज आकाशमै होल्ड गरिएको छ । त्यसैगरी ल्हासाबाट आएको हिमालय एयरलाइन्सको जहाज पनि होल्डमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
मेयर बालेन शाहलाई पितृशोक
आठौँ सामाजिक सुरक्षा दिवसमा चरक मेमोरियल हस्पिटललाई सम्मान
केपी ओलीको भाषण हटाउन मिडियालाई पत्र काटेकोमा आपत्ति
१४५ विद्यार्थीलाई न्यानो कपडा वितरण
रेडियो अडियोका सञ्चालक दीपेन्द्र खनियाँ मृत फेला
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’