त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्स जहाज दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ ।
क्याप्टेन मनिषरत्न शाक्यबाहेक सवार सबैको मृत्यु भएको हो । जिवितै उद्धार भएका थप एकजनाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
‘१७ जनाको घटनास्थलबाटै शव उठाइएको थियो । पाइलटबाहेक एकजना जिवित रहेकोमा पछि उनको पनि मृत्यु भएको हो ।
आफू उद्धारकार्यमै रहेकाले परिचय भने प्रस्ट भइसकेकोछैन । मृत्यु हुने सबै सौर्य एयरलाइन्सका कर्मचारी र इन्जिनियर रहेका छन् । उनीहरूमध्ये एकजना महिला र बाँकी सबै पुरुष हुन् ।
यस्तै एकजना विदेशी नागरिक र बाँकी सबै नेपाली पनि रहेको सौर्य एयरलाइन्सले जनाएको छ । मृतकहरूको पोष्टमार्टम र सनाखतका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिदै छ ।
नागरिक उड्यन प्राधिकरण स्रोतका अनुसार विमानमा पाइलट मनिष शाक्य र को-पाइलट एस कटवाल रहेका थिए।
त्यसैगरी जहाजमा अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, अस्बिन निरौला, सुदिपलाल जोशी, सर्वेश मरासैनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिज्जा खतिवडा ,अधिराज शर्मा, उद्वव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पून्यरत्न शाही र अर्का विदेशी नागरिक Aref Reda सवार रहेका थिए।


Photo Credit: ktmspotter




सम्बन्धित खबर
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
यात्रुसहितको कार सुनकोसीमा खस्यो, कार र यात्रुको अवस्था अज्ञात
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
पोखरामा पर्यटकबसको ठक्करबाट पैदलयात्रीको मृत्यु
टेलरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण