त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन, पोखराबाट पनि काठमाण्डौका लागि उडान सुरु

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन, पोखराबाट पनि काठमाण्डौका लागि उडान सुरु

airport-TIA

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । दिउँसो १ बजेदेखि विमानस्थल नियमित सञ्चालनमा आएको विमानस्थलले जनाएको छ ।

बुधबार बिहान ११ बजेर ११ मिनेटमा विमानस्थल परिसरमै सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले उड्डयनकर्मीका लागि जारी गरिने सूचना (नोटाम) १२:४५ बजेसम्म जारी गरेको थियो ।

नोटामका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने र अवतरण गर्ने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका थिए । जसका कारण मलेसियाको क्वालालुम्पुरबाट आएको मलेसिया एयरलाइन्सको जहाज डाइभर्ट गरिएको थियो । यो समयमा अवतरण तालिका पाएका कतिपय विमानलाई होल्ड गरिएको थियो ।

पोखराबाट पनि काठमाण्डौका लागि उडान सुरु भएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds