पोखरा । पोखरा महानगरपालिका वडा नं ३३ शिव बस्तीस्थित शुक्लेश्वर धाम प्राङ्गणमा यही साउन १४ गतेदेखि २४ गतेसम्म श्रीमद्भागवत महापुराण, सप्ताह ज्ञान महायज्ञ, शिव महापुराण, बृहत धार्मिक श्रावण मेला एवम् बोलबम महोत्सव हुने भएको छ ।
महायज्ञबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा मन्दिरको सर्वाङ्गिण, भौतिक पूर्वाधार विकास निर्माण सहयोगार्थ महायज्ञ गर्न लागिएको शुक्लेश्वरधाम क्षेत्र विकास संस्था, शिववस्तीका अध्यक्ष पदमराज पौडेलले जानकारी दिए ।
कथा शिरोमणि पण्डित दीपकप्रसाद पौडेलको प्रमुख बाचकत्वमा हुने महायज्ञमा विभिन्न देवलिला, जनचेतनामूलक नाटक सहित संगीतमय कथा प्रवचन हुने उनले बताए ।
महायज्ञका क्रममा श्रीमद्भागवत सतचण्डी, बेदपाठ, रुद्राभिषेक, सहस्र जलधारा, बेलपत्र अर्पण, ग्रहशान्ति पूजा, चौरासी पूजा, अन्नदान, भूमिदान, ब्राह्मण भोजन सहित पितृको फोटो राखी पितृ तर्पण तुलादान, विवाह, ब्रतबन्ध, गुन्युचोली सहित आरती अर्पण गर्दै धार्मिक सम्बन्धी सम्पूर्ण कार्य सञ्चालन गरिने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
महायज्ञलाई भव्य र सभ्य बनाउन पदमराज पौडेलको संयोजकत्वमा १५१ सदस्यीय मूल समारोह समिति एवम् ३१ सदस्यीय सल्लाहकार समिति तथा १० वटा उपसमिति गठन गरिएको प्रचारप्रसार उपसमितिका संयोजक दिनेश आचार्यले जानकारी दिए ।
उनका अनुसार अन्य उपसमितिका संयोजकहरू मध्ये अर्थ संकलनमा खगेश्वर आचार्य, प्रचारप्रसारमा दिनेश आचार्य, मञ्च व्यवस्थापनमा तिलबहादुर विक, कलश यात्रामा चन्द्र कुमारी आचार्य चापागाइँ, प्रसाद व्यवस्थापन र अतिथि सत्कारमा सम्पूर्ण आमा समूह, यातायातमा जीवन पौडेल, सरसफाई तथा खानेपानीमा मथुरा भण्डारी, स्वयम् सेवक परिचालनमा कुष्माखर भण्डारी, प्राथमिक उपचारमा प्रकाश पौडेल रहेका छन् । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको उनले बताए ।
स्थानीय समाजसेवीका अजुुसार ऐतिहासिक महत्व र गरिमा बोकेको शुक्लेश्वर धामस्थित शिव मन्दिर २०१४ सालमा स्थापना भएको हो । मन्दिर बनेकै वर्ष बाढीका कारण भत्किएपछि हाल रहेको मन्दिर २०१५ सालमा स्थापना गरिएको हो । सामाजिक एवम् बौद्धिक व्यक्तित्व साविक भोटे पोखरी ९ (हाल पोखरा ३३ सिस्ने) का स्व.टीकारम पौडेलले स्थापना गरेका हुन् । तत्कालीन समयमा नै मन्दिरको दैनिक पूजाआजा सञ्चालनका लागि स्व.होमनाथ पाध्यालाई जिम्मा दिनुभएको र हालसम्म उनकै परिवारबाट पूजाआजा हुँदै आएको छ । उक्त कार्यका लागि गुठी समेत राखिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो । स्व.टीकारम पौडेलले यसै स्थानमा रहेको सरस्वती मा.वि.लाई २० लाख ६८ हजार रुपैयाँ दान दिएर उनकै नामबाट सरस्वती टीका मा.वि. र सरस्वती टीका बहुमुखी क्याम्पस सञ्चालन हुँदै आएको छ ।
महायज्ञको शुभकामना व्यक्त गर्दै पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारीले वडा भित्रका सम्पूर्ण संघ संस्था तथा सामाजिक व्यक्तित्वलाई महायज्ञ सफल बनाउन साथ र सहयोगका लागि आग्रह गरे ।
समितिका अध्यक्ष पदमराज पौडेलको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममाको सञ्चालन सचिव खगेश्वर आचार्यले गरेका थिए । यस्तै, समाजसेवी एवम् राजनीतिक व्यक्तित्वहरू पिताम्बर पौडेल, तिलकप्रसाद अधिकारी, श्रीभद्र बराल लगायतले विभिन्न शुभकामना तथा सुझाव व्यक्त गरेका थिए ।
सम्बन्धित खबर
विविधतायुक्त नेपाली समाज नै हाम्रो साझा सम्पत्तिः प्रदेश प्रमुख भट्ट
स्याङ्जामा लागूऔषधसहित दुईजना पक्राउ
राजमार्गमा भेटिएको सुनसहितको झोला फिर्ता गर्ने ट्याक्सी चालकको प्रशंसा
स्याङ्जामा ‘मुनाल (बतासे प्रेम)’ लोकार्पण
स्याङ्जामा औलोको जोखिम न्यून, चार वर्षमा भेटिए पाँच संक्रमित
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
यो पनि पढौँ
सरकारको उल्टो कदमः पहिले विद्यालयमा डोजर लगायो, ४ दिनपछि सहयोग गर्ने सूचना निकाल्यो
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
सरकारले हटायो काठमाडौं महानगरका अव्यवस्थित बस्ती
मालीमा विभिन्न ठाउँमा एकसाथ आक्रमण, रक्षामन्त्री कमारा मारिए