पोखरा । कवि शिबु ढकालको कविता सङ्ग्रह ‘हिउँका गुच्छाहरू’ शनिवार पोखरामा लोकार्पण गरिएको छ ।
गीतकार प्रतिष्ठान, नेपालद्वारा आयोजित कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले कृतिको लोकार्पण गरे । सरुभक्तले शिबु ढकालका कविताले दर्शन बोकेका धारणा राखे । उनले कविले आफू जस्तो परिवेशमा हुर्कियो त्यस्तै भाव कवितामा प्रस्तुत गर्ने धारणा राखे । समालोचकहरूले आफ्ना दृष्टिकोण जसरी राखे पनि लेखनमा निरन्तर लाग्नुपर्नेमा उनको जोड थियो ।
कृतिको समीक्षा गर्दै डा. बाबुराम अधिकारीले शिबुका कवितामा नेपाली समाजको सग्लो चित्र उतारिएको विचार राखे । उनले कवितामा आएका चिन्तन परिपक्व रहेको भन्दै ढकालको लेखनले केही मात्रामा बौद्धिक पाठकको अपेक्षा गर्ने टिप्पणी गरे ।
कवि शिबु ढकालले आफूले जीवनमा देखेभोगेका कुरालाई कवितामा उतारेको धारणा राखे । ढकालको यसअघि ‘क्वेस्ट फर भर्जिनिटी’ नामक अङ्ग्रेजी उपन्यास प्रकाशित छ ।
गीतकार प्रतिष्ठानका उपाध्यक्ष अनुराग अधिकारीको अध्यक्षता तथा सचिव रुपिन्द्र प्रभावीको सञ्चालनमा भएको कार्यक्रममा मिलन तिमिल्सिनाले स्रष्टा परिचय र शिवलाल उपाध्यायले शुभकामना मन्तव्य दिएका थिए ।
जम्मा ६१ ओटा कविता सङ्गृहीत कृतिको प्रकाशन पेज टर्नर प्रा. लि. ले गरेका हो ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन