पोखरा । कवि शिबु ढकालको कविता सङ्ग्रह ‘हिउँका गुच्छाहरू’ शनिवार पोखरामा लोकार्पण गरिएको छ ।
गीतकार प्रतिष्ठान, नेपालद्वारा आयोजित कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले कृतिको लोकार्पण गरे । सरुभक्तले शिबु ढकालका कविताले दर्शन बोकेका धारणा राखे । उनले कविले आफू जस्तो परिवेशमा हुर्कियो त्यस्तै भाव कवितामा प्रस्तुत गर्ने धारणा राखे । समालोचकहरूले आफ्ना दृष्टिकोण जसरी राखे पनि लेखनमा निरन्तर लाग्नुपर्नेमा उनको जोड थियो ।
कृतिको समीक्षा गर्दै डा. बाबुराम अधिकारीले शिबुका कवितामा नेपाली समाजको सग्लो चित्र उतारिएको विचार राखे । उनले कवितामा आएका चिन्तन परिपक्व रहेको भन्दै ढकालको लेखनले केही मात्रामा बौद्धिक पाठकको अपेक्षा गर्ने टिप्पणी गरे ।
कवि शिबु ढकालले आफूले जीवनमा देखेभोगेका कुरालाई कवितामा उतारेको धारणा राखे । ढकालको यसअघि ‘क्वेस्ट फर भर्जिनिटी’ नामक अङ्ग्रेजी उपन्यास प्रकाशित छ ।
गीतकार प्रतिष्ठानका उपाध्यक्ष अनुराग अधिकारीको अध्यक्षता तथा सचिव रुपिन्द्र प्रभावीको सञ्चालनमा भएको कार्यक्रममा मिलन तिमिल्सिनाले स्रष्टा परिचय र शिवलाल उपाध्यायले शुभकामना मन्तव्य दिएका थिए ।
जम्मा ६१ ओटा कविता सङ्गृहीत कृतिको प्रकाशन पेज टर्नर प्रा. लि. ले गरेका हो ।
सम्बन्धित खबर
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो