पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री राजीव गुरुङ (दीपक मनाङे) लाई कारबाही गर्न पत्रकारले माग गरेका छन् ।
संसदीय पत्रकार मञ्च, गण्डकीको नेतृत्वमा सोमबार मनाङेलाई कारबाहीको माग गर्दै कार्यवाहक मुख्यमन्त्री विन्दुकुमार थापालाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
मञ्चका अध्यक्ष भरत कोइरालाले हस्ताक्षर गरेको पत्रमा मन्त्रिपरिषद्का सदस्यले पालना गर्नुपर्ने आचारसंहिता, २०७४ मा मन्त्रीको पोसाक मर्यादित हुनुपर्ने व्यवस्था गरिएको तर त्यसविपरीत गरेको समाचार लेख्दा धम्की दिनु प्रेसमाथिको हस्तक्षेप भएको उल्लेख छ ।
गत हप्ता मन्त्री मनाङे कार्यकक्षमा भेष्ट लगाएर बसेका थिए । अनलाइनखबर डटकममा कार्यरत पत्रकार अमृत सुवेदीले उक्त तस्वीर खिचेका थिए । त्यसपछि आइतबार एउटा अन्तर्वार्ता दिने क्रममा मन्त्री मनाङेले `गञ्जी लगाएको मेरो फोटो खिच्नेलाई कुट्नुपर्नेमा अरु सोझोलाई कुटेको´ अभिव्यक्ति दिएका थिए ।
पत्रकारलाई कुट्नुपर्ने अभिव्यक्ति दिने गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री राजीव गुरुङ (दीपक मनाङे) लाई कारबाही गर्न सञ्चारकर्मीहरुले माग गरेका छन् ।
संसदीय पत्रकार मञ्च गण्डकीले मनाङेलाई कारबाहीको माग गर्दै सोमबार कार्यबाहक मुख्यमन्त्री विन्दुकुमार थापालाई ध्यानाकर्षणपत्र बुझाएको हो ।
पत्र बुझेपछि कार्यबाहक मुख्यमन्त्री थापाले आफूले आइतबार राति नै यस विषयमा मन्त्री गुरुङलाई ध्यानाकर्षण गराएको प्रतिक्रिया दिए । कार्यवाहक मुख्यमन्त्रीले थापाले भने– ‘उहाँले गलत भनेको रिअलाइज् गर्नुभएको पाएँ’
मनाङेले आइतबार भेष्ट लगाएर कार्यकक्षमा बसेको फोटो खिच्ने पत्रकारलाई कुट्नुपर्ने भनेर अभिव्यक्ति दिएका थिए ।
राइड सेयरिङलाई बन्द गर्नुपर्ने मागसहित यातायात व्यवसायीले आइतबार सार्वजनिक सवारी बन्द गरेका थिए । सो विषयको रिपोर्टिङ गर्न पुगेका दुई पत्रकारहरू बिना थापा मगर र सुजर थापा मगरलाई यातायात मजदुरले कुटपिट गरेका थिए । त्यसपछि मन्त्रीसँग प्रतिक्रिया लिन पुगेका पत्रकारलाई मनाङेले दुई जनालाई नभई पत्रकार अमृत सुवेदीलाई कुट्नुपर्ने अभिव्यक्ति दिएका हुन् ।

सम्बन्धित समाचारः
पत्रकार कुट्नुपर्ने अभिव्यक्ति दिएका मन्त्री मनाङेलाई कारबाही गर्न पत्रकारहरूको माग (विज्ञप्तिसहित)
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो