सेयर बजारमा ऐतिहासिक कारोबार भएको छ। बुधबार सेयर कारोबार रकमले नयाँ कीर्तिमान कायम गरेको हो।
यसअघिको २१ अर्ब ६४ करोडको कारोबारलाई उछिन्दै आज हालसम्मकै उच्च रेकर्ड बनाएको छ । आज २१ अर्ब ९१ करोडको सेयर कारोबार भएको छ ।
बुधबार सेयर बजारको परिसूचक नेप्से ६४.२५ अंकले बढेर २७६०.९० अंकमा कायम भएको छ ।
यसअघि नेप्से हालसम्मकै उच्च ३१ सय विन्दु आसपास पुग्दा पहिलो पटक एकै दिन २१ अर्ब ६४ करोड रूपैयाँको सेयर कारोबार भएको थियो।
त्यसयता पहिलो पटक एकैदिन यत्रो रकमको सेयर किनबेच भएको हो।
कारोबारसँगै नेप्से परिसूचकले पनि नयाँ रेकर्ड बनाएको छ। लगातार २७ सयको बिन्दु तोड्ने प्रयास गरेको नेप्से परिसूचकले अन्ततः यो विन्दु पार गरेको छ।
मनोवैज्ञानिक रूपमा रहेको यो विन्दुमा यसअघिका तीन दिन लगातार पुग्दै फर्किदै गरेको थियो। बुधबार यो मनोवैज्ञानिक विन्दु पार गरेर नेप्से बजार बन्द हुँदा २७६० को विन्दुमा आइपुगेको छ।
नेप्से २९ महिनाकै उच्च विन्दुमा आइपुगेको हो। यसअघि नेप्से २०७८ माघ २७ गते २८०१ विन्दुमा थियो।
यस दिन ३३२ वटा धितोपत्रको पाँच करोड नौ लाख ३८ हजार ५९७ कित्ता सेयर किनबेच भएको हो।
बुधबार १९१ कम्पनीको सेयर मूल्य बढेको छ भने ४४ वटाको घटेको छ। यस्तै, ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
आज १९१ कम्पनीको मूल्य बढ्दा ४४ को घट्यो भने ७ को स्थिर रह्यो । सबै क्षेत्रका सूचक बढेका छन् । बैंकिङ १, विकास बैंक ३.२, फाइनान्स ८, होटल तथा पर्यटन २.९, हाइड्रोपावर २.१, लगानी ६.८, जीवन बीमा २.१, उत्पादन १.८, माइक्रोफाइनान्स ०.६३, निर्जीवन बीमा १.८७, अन्य ३.९ तथा व्यापार समूह २.७ प्रतिशत बढेका छन् ।
यसदिन १४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
सिभिल बैंक डिबेन्चर २०८८को मूल्य सर्वाधिक ७.९२ प्रतिशतले घटेको छ।
उक्त डिबेन्चरको एक हजार ७० रूपैयाँ कायम भएको छ।
यस्तै, आत्मनिर्भर लघुवित्तको मूल्य ६.५२ प्रतिशतले घटेर प्रति कित्ता मूल्य दुई हजार ७९२ रूपैयाँ २० पैसा कायम भएको छ।
बुधबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य ७४५ रूपैयाँ ९० पैसामा ८४ करोड ४९ लाखको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ७.२८ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा माउन्टेन इनर्जी रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ६९४ रूपैयाँ ९० पैसामा ४१ करोड ९ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।
यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ८.०८ प्रतिशतले बढेको छ भने दोस्रोमा लगानी समूहको परिसूचक ६.८९ प्रतिशतले बढेको छ।
सम्बन्धित खबर
पोखरा लेकसाइडमा खुल्यो जापानी आतिथ्यसहितको ‘UNPLAN Pokhara Hotel and Retreat’
सिटिजन फर्निचरमा दसैँतिहार अफर, ३० प्रतिशतसम्म छुट
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
सहकारीले अब ऋण दिँदा १३ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने
Changan NEVO Q05 शुक्रबार पोखरामा सार्वजनिक हुँदै, Deepal Showroom बाट ४ दिनसम्म टेस्ट ड्राइभ गर्न पाइने
ग्लोबल आइएमई बैंकद्वारा बाढी प्रभावितको सहयोगार्थ ५ करोड रुपैयाँ सहयोग
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन