सेयर बजारमा ऐतिहासिक कारोबार भएको छ। बुधबार सेयर कारोबार रकमले नयाँ कीर्तिमान कायम गरेको हो।
यसअघिको २१ अर्ब ६४ करोडको कारोबारलाई उछिन्दै आज हालसम्मकै उच्च रेकर्ड बनाएको छ । आज २१ अर्ब ९१ करोडको सेयर कारोबार भएको छ ।
बुधबार सेयर बजारको परिसूचक नेप्से ६४.२५ अंकले बढेर २७६०.९० अंकमा कायम भएको छ ।
यसअघि नेप्से हालसम्मकै उच्च ३१ सय विन्दु आसपास पुग्दा पहिलो पटक एकै दिन २१ अर्ब ६४ करोड रूपैयाँको सेयर कारोबार भएको थियो।
त्यसयता पहिलो पटक एकैदिन यत्रो रकमको सेयर किनबेच भएको हो।
कारोबारसँगै नेप्से परिसूचकले पनि नयाँ रेकर्ड बनाएको छ। लगातार २७ सयको बिन्दु तोड्ने प्रयास गरेको नेप्से परिसूचकले अन्ततः यो विन्दु पार गरेको छ।
मनोवैज्ञानिक रूपमा रहेको यो विन्दुमा यसअघिका तीन दिन लगातार पुग्दै फर्किदै गरेको थियो। बुधबार यो मनोवैज्ञानिक विन्दु पार गरेर नेप्से बजार बन्द हुँदा २७६० को विन्दुमा आइपुगेको छ।
नेप्से २९ महिनाकै उच्च विन्दुमा आइपुगेको हो। यसअघि नेप्से २०७८ माघ २७ गते २८०१ विन्दुमा थियो।
यस दिन ३३२ वटा धितोपत्रको पाँच करोड नौ लाख ३८ हजार ५९७ कित्ता सेयर किनबेच भएको हो।
बुधबार १९१ कम्पनीको सेयर मूल्य बढेको छ भने ४४ वटाको घटेको छ। यस्तै, ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
आज १९१ कम्पनीको मूल्य बढ्दा ४४ को घट्यो भने ७ को स्थिर रह्यो । सबै क्षेत्रका सूचक बढेका छन् । बैंकिङ १, विकास बैंक ३.२, फाइनान्स ८, होटल तथा पर्यटन २.९, हाइड्रोपावर २.१, लगानी ६.८, जीवन बीमा २.१, उत्पादन १.८, माइक्रोफाइनान्स ०.६३, निर्जीवन बीमा १.८७, अन्य ३.९ तथा व्यापार समूह २.७ प्रतिशत बढेका छन् ।
यसदिन १४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
सिभिल बैंक डिबेन्चर २०८८को मूल्य सर्वाधिक ७.९२ प्रतिशतले घटेको छ।
उक्त डिबेन्चरको एक हजार ७० रूपैयाँ कायम भएको छ।
यस्तै, आत्मनिर्भर लघुवित्तको मूल्य ६.५२ प्रतिशतले घटेर प्रति कित्ता मूल्य दुई हजार ७९२ रूपैयाँ २० पैसा कायम भएको छ।
बुधबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य ७४५ रूपैयाँ ९० पैसामा ८४ करोड ४९ लाखको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ७.२८ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा माउन्टेन इनर्जी रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ६९४ रूपैयाँ ९० पैसामा ४१ करोड ९ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।
यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ८.०८ प्रतिशतले बढेको छ भने दोस्रोमा लगानी समूहको परिसूचक ६.८९ प्रतिशतले बढेको छ।
सम्बन्धित खबर
छ महिनामा स्याङ्जा ट्राफिकद्वारा झण्डै ५२ लाख राजस्व संकलन
सुजल डेरीको ‘डिलाइट डेरी प्राइड’ इन्स्ट्यान्ट फुल क्रिम मिल्क पाउडर बजारमा
सुन्तला उत्पादनबाट स्याङ्जामा एक अर्ब ३२ करोड बढी आम्दानी
फोहोरबाट मोहर कमाउँदै भीरकोट
स्याङ्जाको रोयल सहकारीको ३४ लाख नाफा, आगामी वर्ष डेढ करोड मुनाफाको लक्ष्य
पोखरामा खुल्यो बिवाईडीको नयाँ शोरूम, एसयूभी सिलायन-७ लञ्च
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान