पोखरा । पोखराको रत्नचोक स्थित श्रीकृष्ण प्रणामी मन्दिरमा जारी श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनमा भक्तजनको उल्लेख्य सहभागीता जनाएका छन् । भदौ १० गते श्रीकृष्ण अष्टमीसम्म सञ्चालन हुने उक्त कार्यक्रमको सातौं दिनसम्म आइपुग्दा भक्तजनहरुको उल्लेख्य सहभागीता रहेको श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष मोहन प्रसाद ढकालले जानकारी दिए ।
ढकालका अनुसार श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सातौं दिन सम्म आइपुुग्दा भक्तजनको सहभागीता संगै कार्यक्रमलाई सफल बनाउनका लागी सहयोग रकम समेत आउने क्रम सुरु भएको छ । सातांै दिन बुधबार श्रीकृष्ण प्रणामी सेवा समितिका केन्द्रीय उपाध्यक्ष कल्याण कार्की र केन्द्रीय सदस्य बद्री प्रसाद ओलीको उपस्थिती रहेको समेत अध्यक्ष ढकालले जानकारी दिए ।
सातौं दिनमा उपस्थित अतिथिहरु केन्द्रीय उपाध्यक्ष कल्याण कार्कीले ५ हजार ५ सय ५५ र केन्द्रीय सदस्य बद्री प्रसाद ओलीले ५१ हजार नगद सहयोग प्रदान गरेको कार्यक्रमका अर्थ संयोजक टेकनाथ पराजुलीले जानकारी दिए । पुराजुलीका अनुसार कार्यक्रम सफल बनाउन आफ्नो संयोजकत्वमा भागरथी बराल र इन्दीरा सापकोटाको टोलीले सहयोग गरिरहेका छन् ।
कार्यक्रममा हाल सम्म पोखरा महानगरपालिकाका वडा नं ७ का अध्यक्ष राममोहन आचार्य सहित वडा सदस्यहरु, श्रीकृष्ण प्रणामी सेवा समितिका केन्द्रीय सदस्य केदारनाथ अधिकारी, महिला बिकासका लागि आमा समुहका अध्यक्ष तुलसी बराल, जानुका चालिसे, गंगा क्षेत्री, तिलुकुमारी पुरी, कृष्ण, लक्ष्मी पुरी, रोशन बन्जरा, भोला गिरी, जमुना पुरी, गंगा पुरी, जिल्ला उपाध्यक्ष विष्णु पहाडी, तारा गिरी, विष्णु सिग्देल लगायतको उपस्थिती जनाएको जिल्ला सचिव लक्ष्मण बरालले जानकारी दिए ।
एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनमा श्रीकृष्ण प्रणामी धर्मका धर्म प्रचारक तुलसी स्वरुप महाराज र लिलाम्बर सापकोटाले उपबाचकको रुपमा प्रवचन प्रदान गरिरहेका छन्भने भजन संगीतमा संगीतकार बालकृष्ण आचार्य र तवेलामा सुजन बन्जराले साथ दिइरहेका छन् । हरेक दिन ११ बजे देखि २ बजे सम्म श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन हुने श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष मोहन प्रसाद ढकालले जानकारी दिए ।
सम्बन्धित खबर
दुई प्रदेश जोड्ने राम्दी पुल निर्माण अन्तिम चरणमा
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह