पोखरा वडा नं. २१ मट्टिखान जाने सडकको एकहाते नजिक थुन्कु भन्ने ठाउँमा गत साउन १३ गते भएको स्कुल बस दुर्घटनामा ज्यान गुमाएका आरती विक र उनको छोरा प्रिन्सको आज अन्त्येष्टी गरिएको छ ।
मुक्ति समाज नेपालका केन्द्रीय सचिव धनबहादुर नेपालीका अनुसार मृतक परिवारलाई सडक दुर्घटना बीमाबाहेक थप संस्थागत ११ लाख क्षतिपुर्ति दिने सहमति भएपछि आज शव बुझेर अन्त्येष्टी गरिएको हो । दुई जनाको मृत्यु भएको हुनाले १० लाख दुर्घटना बीमा रकम हुन जान्छ ।
विहीबार नागरिक समाज, मुक्ति समाज, मृतकका आफन्त, विद्यालय व्यवस्थापन समिति, एनप्याव्सनका प्रतिनिधिसहितहरुबीच जिल्ला प्रहरी कार्यालयमा छलफल भएको थियो ।
आरती कार्यरत पोखरा १७ बिरौटास्थित एलपी मेमोरियल इङ्लिस बोर्डिङ स्कूल प्रशासन र एन व्याब्सनबाट ११ लाख रूपैयाँ दिने सहमति भएको बताइन्छ ।
गत सोमबार बिहान उक्त स्कूलको ग १ क ६२१९ नम्बरको बस दुर्घटनामा परेको थियो । दुर्घटनामा चालक, सहचालकसहित ३० जना घाइते भएका थिए । तीमध्ये आमा छोराको मृत्यु भएको थियो ।
घाइते २८ मध्ये अझै पनि ११ जनाको उपचार जारी रहेको छ । प्रहरीका अनुसार मणिपालमा चालकसहित ३ जना, गण्डकी मेडिकल कलेजमा ४ जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४ जना गरी कुल ११ जनाको अहिलेपनि उपचार भइरहेको छ ।
सम्बन्धित समाचारः
स्कुल बस दुर्घटना [अपडेट]: आमा छोराको मृत्यु, घाइते २८ जनाको नामावलीसहित
स्कुल बस दुर्घटना [अपडेट]: सहयोगी महिलाको मृत्यु, चालक मणिपाल रिफर
पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना



सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु