पोखरा। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले रजत वर्ष मनाउने क्रममा नेपाल पत्रकार महासंघ गण्डकी÷कास्की शाखा सरसफाई गरेको छ ।
फोजिज गण्डकीको आयोजना र कास्कीको सह–आयोजनामा शनिबार महासंघ परिसरमा घाँस काट्दै, गोडमेल सहित सरसफाई गरेको हो । कार्यक्रम फोनिजका संघिय सल्लाहकार हुमबहादुर तमुले रजत वर्षलाई भव्य बनाउनका लागि फोनिजले आफ्ना शाखा रहेको जिल्ला प्रदेशहरुमा रचनात्मक कार्यक्रम गरिरहेको बताए ।
गण्डकी प्रदेश र कास्की जिल्ला शाखाले सांकेतिक रुपमा सरसफाई कार्यक्रम गरेको सुनाए । ‘देशैभरी रजतवर्षको उत्सव चलिरहेको छ । सोहीअनुसार गण्डकी र कास्की शाखाले पनि कार्यक्रम तय गरेको छ,’ उनले भने, ‘आज (शनिबार) हामीले महासंघ परिसर सफा गरियो । यो सांकेतिक हो । पछिल्लो महासंघ भित्र धेरै फोहर जस्तै मानसिकता वा प्रवृति हावी भएको छ, यसको पनि सरसफाई हुनुपर्छ भन्ने हाम्रो सिम्बोल हो ।’ कार्यक्रममा फोनिजसँग आबद्ध पदाधिकारी, कार्यसमिति एवम् पत्रकारहरु सक्रिय सहभागी भएका थिए।
राजत वर्षकै अवसरमा फोनिजले साउन २४ गते खेलकुद कार्यक्रम आयोजना गरिने फोनिज गण्डकीका महासचिव धनबहादुर गुरुङले जानकारी दिए । उक्त दिन पत्रकार मञ्चको पुरुष टोली र फोनिजको पुरुष टिम साथै नेपाल पत्रकार महासंघ कास्की शाखाको महिला टिम र फोनिजको महिला टिम सँगै पुरुष भेट्रान्स पत्रकार बिच मैत्रीपूर्ण भलिबल प्रतियोगिता हुनेछ । सोहीदिन पत्रकारहरु बिच (महिला÷पुरुष) खुला छेलो प्रतियोगिता पनि हुने उनले बताए ।
रजत वर्ष मनाउने क्रममा साउन २७ गते मुल कार्यक्रम हुने महा सचिव गुरुङले जानकारी दिए । उक्त दिन पोखराका प्रतिष्ठित व्यवसायी विमलमान गुभाजु र उनका परिवारले आफ्ना स्व. बावुआमा वेदमान गुभाजु र नेत्रकुमारी गुभाजुको स्मृतिमा स्थापना गरेको तथा फोनिज गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८१’ अर्पण गरिनेछ ।
उक्त पुरस्कार यो वर्ष कास्कीका पत्रकार दीपेन्द्र श्रेष्ठ र नवलपुरकी पत्रकार कमला रानामगरलाई प्रदान गरिनेछ । उनीहरुलाई जनही २५ हजार रुपैयाँ राशि रहेको पुरस्कार सहित सम्मान गरिनेछ । भने, सुरुवाती समयमा अनिज स्थापनादेखि फोनिज हुँदासम्म योगदान, साथ, सहयोग र सल्लाह दिने अग्रजहरुलाई पनि सम्मान गरिने महासचिव गुरुङले जानकारी दिए ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’