पोखरा। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले रजत वर्ष मनाउने क्रममा नेपाल पत्रकार महासंघ गण्डकी÷कास्की शाखा सरसफाई गरेको छ ।
फोजिज गण्डकीको आयोजना र कास्कीको सह–आयोजनामा शनिबार महासंघ परिसरमा घाँस काट्दै, गोडमेल सहित सरसफाई गरेको हो । कार्यक्रम फोनिजका संघिय सल्लाहकार हुमबहादुर तमुले रजत वर्षलाई भव्य बनाउनका लागि फोनिजले आफ्ना शाखा रहेको जिल्ला प्रदेशहरुमा रचनात्मक कार्यक्रम गरिरहेको बताए ।
गण्डकी प्रदेश र कास्की जिल्ला शाखाले सांकेतिक रुपमा सरसफाई कार्यक्रम गरेको सुनाए । ‘देशैभरी रजतवर्षको उत्सव चलिरहेको छ । सोहीअनुसार गण्डकी र कास्की शाखाले पनि कार्यक्रम तय गरेको छ,’ उनले भने, ‘आज (शनिबार) हामीले महासंघ परिसर सफा गरियो । यो सांकेतिक हो । पछिल्लो महासंघ भित्र धेरै फोहर जस्तै मानसिकता वा प्रवृति हावी भएको छ, यसको पनि सरसफाई हुनुपर्छ भन्ने हाम्रो सिम्बोल हो ।’ कार्यक्रममा फोनिजसँग आबद्ध पदाधिकारी, कार्यसमिति एवम् पत्रकारहरु सक्रिय सहभागी भएका थिए।
राजत वर्षकै अवसरमा फोनिजले साउन २४ गते खेलकुद कार्यक्रम आयोजना गरिने फोनिज गण्डकीका महासचिव धनबहादुर गुरुङले जानकारी दिए । उक्त दिन पत्रकार मञ्चको पुरुष टोली र फोनिजको पुरुष टिम साथै नेपाल पत्रकार महासंघ कास्की शाखाको महिला टिम र फोनिजको महिला टिम सँगै पुरुष भेट्रान्स पत्रकार बिच मैत्रीपूर्ण भलिबल प्रतियोगिता हुनेछ । सोहीदिन पत्रकारहरु बिच (महिला÷पुरुष) खुला छेलो प्रतियोगिता पनि हुने उनले बताए ।
रजत वर्ष मनाउने क्रममा साउन २७ गते मुल कार्यक्रम हुने महा सचिव गुरुङले जानकारी दिए । उक्त दिन पोखराका प्रतिष्ठित व्यवसायी विमलमान गुभाजु र उनका परिवारले आफ्ना स्व. बावुआमा वेदमान गुभाजु र नेत्रकुमारी गुभाजुको स्मृतिमा स्थापना गरेको तथा फोनिज गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८१’ अर्पण गरिनेछ ।
उक्त पुरस्कार यो वर्ष कास्कीका पत्रकार दीपेन्द्र श्रेष्ठ र नवलपुरकी पत्रकार कमला रानामगरलाई प्रदान गरिनेछ । उनीहरुलाई जनही २५ हजार रुपैयाँ राशि रहेको पुरस्कार सहित सम्मान गरिनेछ । भने, सुरुवाती समयमा अनिज स्थापनादेखि फोनिज हुँदासम्म योगदान, साथ, सहयोग र सल्लाह दिने अग्रजहरुलाई पनि सम्मान गरिने महासचिव गुरुङले जानकारी दिए ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु