पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं २ खाँदरजुंगस्थित घोप्टेडाँडामा शिवजीको विशाल मूर्ति स्थापना गरिने भएको छ ।
सो डाँडालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्य अनुरुप शिवजीको मूर्ति राख्न लागिएको हो । घोप्टेडाँडामा भगवान् शिवजीको बास रहेको धार्मिक मान्यता रहँदै आएको छ ।
स्थानीय शिवालय मन्दिर व्यवस्थापन समितिले पर्यटन प्रवर्द्धनको योजना अघि बढाएको हो । त्यहाँ शिवजीको विशाल मूर्ति स्थापना गरिनुका साथै ज्योतिलिंगसहित एक सय आठ शिवलिंग स्थापना र मन्दिरको छाना पनि ताम्रपत्रले छाउने काम हुनेछ ।
माछापुच्छ्रे हिमालको पृष्ठभूमि पारेर शिवजीको मूर्ति स्थापना गरिँदा धार्मिक पर्यटन आकर्षित हुने र सार्दिखोलाको समृद्धि हासिल हुने विश्वास गरिएको हो ।
यी सबै योजना अघि बढाउन भदौ ६ देखि १४ गतेसम्म गैराखेल मैदानमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ धार्मिक महोत्सव आयोजना गरिएको छ ।
धार्मिक महोत्सवको संरक्षकमा माछापुच्छ्रे गाउँपालिका र सहसंरक्षकमा माछापुच्छ्रे गाउँपालिका-२ को वडा कार्यालय रहेको छ ।
माछापुच्छ्रे-२ का वडाध्यक्ष गणेश आचार्यले प्रचुर पर्यटकीय सम्भावना बोकेको घोप्टेडाँलाई धार्मिक पर्यटनको केन्द्रका रुपमा विकासका लागि ज्ञान महायज्ञसहित धार्मिक महोत्सव आयोजना गरिएको बताए ।
शिवालय महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सर्वजित गुरुङ महोत्सव सम्पन्न गर्न विभिन्न समिति गठन गरी का अघि बढाइएको छ ।
महोत्वमो प्रचारप्रसार समिति संयोजकमा कृष्णप्रसाद गौतम, अर्थ संकलनमा टेकराज आचार्य, युवा तथा महिला परिचालनमा रामप्रसाद गुरुङ, सचिवालयशेरमान भुजेल र गोविन्द आचार्य, मञ्च तथा भान्छा व्यवस्थापनमा माधव आचार्य, अतिथि सत्कारमा पुण्यशोभा गुरुङ र मीरा आचार्य, भजनमा रघुनाथ सन्यासी, सहयोग तथा सल्लाहकार समितिमा बमबहादुर गुरुङ, लोकनाथ आचार्य, भोजराज आचार्य र गिरिधारी आचार्य छन् ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो