पोखरा । क्षेत्री समाज नेपाल, कतार शाखाले आफ्नो १४ औँ स्थापना दिवस सहित विशेष अन्तराष्ट्रिय क्षेत्री भेला कतारको दोहामा सम्पन्न गरेको छ ।
क्षेत्री समाज नेपालको आधिकारीक शाखा मान्यता पाएको कतार समाजले १४ वर्षदेखि विविध सामाजिक र मानविय कार्यहरु गर्दै आएको संस्थापक उपाध्यक्ष हंशराज ढकालले बताए ।
सो कार्यक्रमको शुभारम्भ गर्दै समाजका केन्द्रिय अध्यक्ष रिव बहादुर थापाले कतारमा रहेका क्षत्रीहरुले गरेको योगदान महत्वपूर्ण रहेकोले समाजलाई अगाडी बढाई क्षत्रीको पहिचानलाई अन्तराष्ट्रिय स्तरमा पुर्याउनु पर्ने बताए ।
क्षेत्री समाज नेपालूका केन्द्रिय महासचिव कृष्ण बहादुर थापाले समाज मार्फत नेपालमा गरिएको कार्यक्रमको जानकारी गराउदै अन्तराष्ट्रिय स्तरमा शाखाले सहभागीता र महत्वपुर्ण भुमिका खेल्नुपर्ने बताए । श्रमजीवी नेपालीको समस्या के छ, नेपाल सरकारले के गर्नुपर्छ सो लाई केन्दिय समितिमार्फत पहल कदमी गरीने थापाले बताए । क्षेत्री समाजलाई विश्वभर विस्तार गर्ने योजना अनुसार आगामी ११ तारीख जापानमा तदर्थ समिति गठन हुने रहेको समेत थापाले बताए ।

सो कार्यक्रममा कतार शाखाका अध्यक्ष श्यामकुमार डागीलाई शाखा मान्यता, लोगो सहितको ब्याज, वितरण कार्यक्रम निर्देशिका र संस्थापक उपाध्यक्ष हंशराज ढकाल क्षेत्रीलाई कतार सहित दुबई, स्पेन, बेल्जियम, बेलायतको अन्तराष्ट्रिय इन्चार्ज, जिम्मेवारी पत्र, सहित कार्यक्रम निर्देशिका वितरण गरीएको थियो ।
कतार शाखाका अध्यक्ष श्यामकुमार डागीको अध्यक्षतामा भएको कार्यक्रममा गैरआवासीय नेपाली राष्ट्रिय परिषदका प्रथम उपाध्यक्ष कृष्ण पन्थी, नेपाल पत्रकार महासंघ कतारका उपाध्यक्ष अर्जुन पौडेल, कतार एकता समाजका प्रतिनिधि कमल आचार्य, गण्डकी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष सागर पौडेल, जनप्रगतिशील मञ्च कतारका अध्यक्ष राज देवकोटा, प्रवासी नेपाली मञ्चका पुर्ब अध्यक्ष चानक पोख्रेल, अन्तराष्ट्रिय रक्तदाता समुहका सचिव कल्याण थापा, राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष शिवराम ढकाल, नेपाली महिला समाजको अध्यक्ष लोकमाया के।सी।, आदीवासी जनजाती महासंघ कतारका अध्यक्ष डिएन मगर, अन्तराष्ट्रिय नेपाली समाजका महासचिव धुर्ब क्षत्री तथा प्रवासि नेपाली एकता मञ्चका प्रमुख सल्लाहकार गणेश ढकाल लगायतले कतारमा नेपालीको अवस्थाको बारेमा धारणा राखेका थिए ।

समाजको दोश्रो संशोधित विधान संयोजक आरसी पन्थ, पूर्व अध्यक्ष रेशम बस्नेत, संरक्षकहरु क्रमस सागर नेपाल, नरेन्द्र भाट, चुडामणी कार्की, सचिव शिवलाल केसी लगायतले समाजको जानकारी गराएका थिए । कार्यक्रममा कलाकारहरुले राष्ट्रियता झल्कने गीत, नृत्य,नाटक प्रस्तुत गरेका थिए। सो अवसरमा समाजका केन्द्रिय अध्यक्ष रिव बहादुर थापा र महासचिव कृष्ण बहादुर थापालाई सम्मान गरिएको थियो ।
सम्बन्धित खबर
निम्सदाइसहित चार पर्वतारोहीको शव ब्रोड पिकबाट बेस क्याम्पमा झारियो
ग्यास अभावले उपभोक्ता हैरान, खाली सिलिण्डर एकै पटक भर्न खोज्दा कृत्रिम अभाव
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
सुस्तामा भारतीय एसएसबीको दादागिरी, नेपाली भूमि पसेर अस्थायी बाँध भत्कायो
ब्रड पिकको ५,७०० मिटर उचाइमा निम्सदाइको शव भेटियो
दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो