खेलकुद पत्रकार मञ्चलाई नेपालको सहयोग

सहयाेग

खेलकुद पत्रकार मञ्चलाई नेपालको सहयोग

NSJF-Gandaki-vijaya-nepal

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको पत्रकार कल्याणकारी अक्षयकोषमा निवर्तमान महासचिव विजय नेपालले आर्थिक सहयोग गरेका छन्।

मञ्चको सातौं स्थापना दिवस अवसरमा बुधबार आयोजित एक समारोहबीच उनले ११ हजार १११ रुपैयाँ बराबरको चेक मञ्च कोषाध्यक्ष कविता घर्ती मगरलाई हस्तान्तरण गरेका हुन् । पाल्पाका पत्रकार नेपाल आदर्श समाज दैनिक र राजधानी दैनिकमा कार्यरत छन्।

मञ्च अध्यक्ष दीननाथ बरालले १० लाख राशि पुर्‍याउने लक्ष्यसहित आफ्नो जन्मदिनमा अक्षयकोष स्थापनाको घोषणा गरेका थिए । सोवापत उनले १० हजार र पूर्व सल्लाहकार एवं अग्रज फोटोपत्रकार सुदर्शन रञ्जितले २५ हजार सहयोग गरिसकेका छन्।

यसैबीच, मञ्चले गत २८ वैशाखमा आयोजना गरेको आठौं पोखरा स्पोर्टस् अवार्ड–०८० को आयव्यय सार्वजनिक गर्दै १ लाख ८६ हजार बचत भएको जनाएको छ।

२०७२ सालदेखि आयोजना गरेको स्पार्टस् अवार्डमा यसपालि ७ विधामा अवार्ड प्रदान गरिएको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds