लमजुङको सुन्दरबजार नगरपालिका २ परेवाडाँडास्थित मणिडाँडामा परेवाको प्रतीक निर्माण गरिएको छ । पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले गत आर्थिक वर्षमा ७ लाख लागतमा परेवा जोडीको प्रतीक निर्माण गरिएको वडाध्यक्ष नवीनकुमार श्रेष्ठले जानकारी दिए ।
उक्त स्थानलाई पार्क र पिकनिक स्थलका रूपमा विकास गर्दै आकर्षक पर्यटकीय गन्तव्य बनाउने योजनाअनुरूप पूर्वाधार निर्माणका काम भइरहेको छ । ‘यस डाँडामा सहिदको सालिक निर्माण लगायतका भौतिक संरचना निर्माण गर्ने योजना छ,’ उनले भने ।
परापूर्व कालमा आर्मीहरूले परेड खेलेकाले परेवाडाँडा नाम राखिएको बूढापाकाको भनाइ अनुसार आर्मीहरूले परेड खेल्दै गरेको दृश्यको प्रतीकसमेत निर्माण गर्ने लक्ष्य छ । ‘साढे २ लाख रुपैयाँको लागतमा सहिद मोहनलाल श्रेष्ठको सालिक निर्माण गरिसकेका छौं,’ श्रेष्ठले भने ।
परेवा जोडीको प्रतीक बनपछि हाल यहाँ हेर्न आउनेहरूको सङ्ख्या बढेको बढ्दै गएको छ । तीमध्ये सबैजसोे परेवा जोडीसँग तस्बिर खिँचाउँदै गरेका देखिन्छन् ।
यहाँको मणिडाँडामा रहेको मणि चौताराको मर्मत तथा स्तरोन्नति, नेपालको ठूलो झण्डा राख्ने, आँपका रूखहरूमा म्युजिक सिस्टम जडान गर्ने, पिकनिक स्पोर्टका लागि आवश्यक पर्ने भौतिक संरचना, शौचालय, खानेपानीलगायतको संरचना निर्माण गर्ने स्थानीय पालिकाको योजना छ ।
सम्बन्धित खबर
लमजुङमा पहिरोले घर भत्किँदा बाबु-छोरीको मृत्यु
खेलकुदले राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गरेको छः प्रदेश प्रमुख भट्ट
लमजुङमा जिप दुर्घटना हुँदा दुई महिलाको मृत्यु, १२ जना घाइते
जिप अचानक गुड्दा चालकको च्यापिएर मृत्यु
लमजुङमा आफैले चलाएको ट्याक्टर पल्टिँदा च्यापिएर मृत्यु
पृथ्वीसुब्बा गुरुङको चुनावी प्रचारप्रसार अभियान दोर्दीबाट सुरु
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन