बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजारदेखि झन्डै १५ किमि दक्षिण र समुद्री सतहदेखि झन्डै दुई हजार मिटरको उचाइमा रहेको बलेवा कालभैरव मन्दिरमा यही भदौ ४ गते तेस्रो हरेलो मेला लाग्ने भएको छ ।
वर्षाको समयमा रोपेको धानमा मुसा नलागोस्, बाली नमासियोस्, बाली सहजै भित्र्याउन सकियोस् र अन्न घेरै राम्रो उत्पादन होस् भन्ने कामना गर्दै हरेक वर्ष भदौको पहिलो मङ्गलवार हरेलो पर्व मनाउने प्रचलन बागलुङमा छ। बागलुङ नगरपालिकाको विशेष सहयोग रहेको यो मेलामा १३ लाख रुपैयाँ आम्दानी र १० लाख ९२ हजार ५ सय रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
मेलाको उद्घाटन गर्न नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकाल आउने भएका छन् । बलेवा कालभैरवको धार्मिक एवं सांस्कृतिक प्रचारप्रसार र प्रवर्द्धनका लागि ‘तेस्रो हरेलो मेला’को तयारी गरिएको बताइएको छ ।
बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डे , ११ रायडाँडा , १२ अमलाचौर ,१३ पैयुँपाटा ,१४ नारायणस्थान र जैमिनी नगरपालिका १ को कोटको रुपमा समेत रहेको मन्दिर परिसरमा भदौ महिनाको पहिलो मंगलबार मेला लाग्ने गर्दछ ।
मेलामा भकुण्डेको झाम्रे, रायडाँडाको भजन, अमलाचौरको गन्धर्व गित प्रस्तुती, पैयुँपाटाको नौमती बाचा, नारायणस्थानको लाखे र कुश्मिसेराको सालैजो विशेष पस्तुतीको रुपमा रहनेछ । मेलामा खुल्ला छेलो प्रतियोगिताका साथै ख्याति प्राप्त कलाकारहरु जिवन दाहाल, कृष्ण अखेली, सीता परियार, आशा विसी, रेशम निर्दोष र सुदिप क्षेत्रत्रीको सांगीतिक प्रस्तुति रहनेछ ।
भैरवस्थान मन्दिर जिल्लाकै मुख्य धार्मिक पर्यटकीय क्षेत्रको रुपमा परिचित छ । मेलाको अवसरमा ३५ हजार आन्तरिक पर्यटकले भैरवस्थान मन्दिरको दर्शन गर्ने अपेक्षा गरिएको छ । भैरवको पूजा गर्दा आँटेको पुग्छ भन्ने विश्वासका साथ विभिन्न क्षेत्रबाट दर्शनार्थीहरु आउने गर्छन् ।
सम्बन्धित खबर
पोखरा-बागलुङ सडकका खाल्डाखुल्डी पुर्न थालियो
बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन
ढोरपाटन २३ औं वर्षमा प्रवेश
बागलुङमा व्यावसायिक स्याउखेती
असारमा कालिका मन्दिरको आम्दानी १८ लाख
बागलुङमा सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’