गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आदिवासी जनजातिका भाषा र संस्कृति देशको सम्पत्ति रहेको बताएका छन् ।
उनले आदिवासी जनजाति पत्रकारहरूले आफ्नो भाषा, संस्कृति, रहनसहनलाई जीवन्त राखिरहन आफ्नो मातृभाषामासमेत पत्रकारिता गर्न आवश्यक रहेकोमा जोड दिए ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेश समिति र कास्की समितिले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मान कार्यक्रममा उनले सञ्चार क्षेत्र समावेशी हुन आवश्यक रहेको उल्लेख गरे ।
पत्रकारिता पेसामा हरेक समुदायका व्यक्तिको बराबरको सहभागिता गराउनु जरुरी रहेको उनले बताए । ‘महिला, आदिवासी जनजाति, मधेसी, दलित, थारु, मुस्लिम तथा पछाडि परेका अल्पसंख्यक लोपोन्मुख जाति समुदाय, क्षेत्र, लिंगबाट प्रतिनिधित्व गर्ने पत्रकारहरु राज्यको विभिन्न अंगमा बढी सहभागिताको खाँचो छ ।’ – प्रदेश प्रमुख भट्टले भने ।
फोनिज सम्बद्ध पत्रकारहरुले आफ्नो क्षमता अभिवृद्धि गर्दै आदिवासी जनजातिका मुद्दा, संस्कार संस्कृति, परम्परा, रैथाने प्रविधि र भाषाका विकास र अधिकारका मुद्दामा निर्भीकतापूर्वक कलम चलाउन सक्ने नेतृत्व निर्माण गर्न सकोस् भन्ने अपेक्षा पनि उनले गरे ।
प्रदेश प्रमुख भट्टले पत्रकारिता क्षेत्रलाई मर्यादित र व्यवसायिक बनाउनुपनमा जोड दिँदै पत्रकारिता क्षेत्रमा लागेर अझै पनि बाँच्न सक्ने स्थिति नहुनु दुःखदायी अवस्था रहेको उल्लेख गरे । नेपाली सञ्चार क्षेत्रका समस्या समाधानका लागि सरोकार पक्षसँग व्यापक सहकार्य गर्ने वातावरण बनोस् भन्ने शुभेच्छा पनि राखे ।
उनले भने – ‘नेपालको संविधानमा पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरिएको छ । लोकतन्त्र, गणतन्त्र स्थापना एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि अग्रज पत्रकार तथा पत्रकारिता जगतले खेलेको भूमिका अविस्मरणीय रहेको कुरा म स्मरण गर्दछु।’
आफूपनि पत्रकारिता क्षेत्रमा संलग्न रही नजिकबाट चिन्न पाएको स्मरण गर्दै प्रदेश प्रमुख भट्टले २०३८ सालमा सुदूर पश्चिमको पहिलो पत्रिका भीम सन्देश त्रैमासिकको संस्थापक सम्पादक भएर पत्रकारिताको अनुभव बटुलेको उल्लेख गरे ।
फोनिज स्थापनाको २५ वर्ष पूरा गरी २६ औं वर्ष प्रवेशको अवसरमा वर्षभर विविध कार्यक्रम गरी रजत जयन्ती मनाइरहेकोमा उनले शुभकामना पनि व्यक्त गरे
उक्त अवसरमा कास्कीका पत्रकार दीपेन्द्र श्रेष्ठ र नवलपुरकी पत्रकार कमला राना मगरलाई कञ्चन पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । फोनिज गण्डकीका अध्यक्षत रूद्र श्रीष मगरको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?