पोखरा । कास्कीको रुपा गाउँपालिकाले डढेलोबाट वन जोगाउन सफल सामुदायिक वन समूहलाई २० हजार नगद पुरस्कार दिने घोषणा गरेको छ ।
सामुदायिक वन दिवसको अवसरमा ठुलो वन समूहद्वारा निर्मित हरियाली पार्कमा आयोजित वृक्षारोपण कार्यक्रममा गाउँपालिका अध्यक्ष नवराज ओझाले सो घोषणा गरेका हुन् । गाउँपालिकामा ५६ वटा सामुदायिक वन उपभोक्ता समूह रहेका छन् ।
वन क्षेत्रमा आगो लगाउँदा जैविक विविधता, वन्य जन्तु सहित वातावरणीय असर पर्ने हुँदा त्यस्तो आपराधिक काम रोक्नका लागि गाविसले यसै आर्थिक बर्षबाट पुरस्कृत गर्ने जानकारी दिँदै उनले भने – “डढेलोबाट वन जोगाउन सामूहिक प्रोत्साहनस्वरुप पुरस्कृत गरिने भएको हो ।”
“सामुदायिक वनको प्रभावकारीता, तीन तहको सरकार र समुदायको सहभागिता” भन्ने मुख्य नाराका साथ जिल्ला महासंघ कास्कीको आयोजना एवम् डिभिजन वन कार्यालय कास्की र (युएसएआडी) जल जंगलको आर्थिक सहयोगमा आयोजित कार्यक्रममा असोका, धुपी, तेजपात, अमला लगायत विभिन्न जातका ४० वटा विरुवा रोपिएको थियो ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य एवम् जिल्ला समन्वय समिति कास्कीका उपप्रमुख सरिता कुमालले रोपिएका विरुवाको संरक्षण गर्दै प्राकृतिक श्रोतलाई समृद्धिको आधार बनाउनु पर्नेमा जोड दिए ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदीले वनको संरक्षण, संवद्र्धन र विकासमा योगदान गर्दै आएका उपभोक्ताले वनको सहजरुपमा उपयोग गर्दै आम्दानीको श्रोतकोरुपमा विकास गरिनु अपरिहार्य भएको बताए ।
डिभिजन वन कार्यालय कास्कीका प्रमुख कोमलराज काप्mलेले सामुदायिक वन क्षेत्रमा रहेका पुराना रुख निकाल्न उपभोक्तालाई सुझाव दिंदै त्यसका लागि कार्यालयकोतर्पmबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
ठुलोवन समुहका अध्यक्ष ईश्वर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा महासंघ गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदी, जिल्ला महासंघ कास्कीका अध्यक्ष विश्वनाथ लामिछानेले वन दिवसको महत्व माथि प्रकाश पारेका थिए ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु