पोखरा – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले देशले विस्तारै धर्म निरपेक्षताका दुस्परिणाम भोग्न थालेको दाबी गरेका छन् । उनले धर्म निरपक्षेताको दुष्परिणाम देखिन थालेको बताउँदै उनले हिन्दु धर्ममाथि चौतर्फी आक्रमण भइरहेको उल्लेख गरे।
देशभित्र सनातन धर्म अल्पसंख्यामा परेर यसको संरक्षणका लागि लड्नपर्ने अवस्था आउन सक्ने समेत उनले औंल्याएका छन् । विश्व हिन्दु महासंघ नेपाल कास्कीको आयोजनामा शुक्लागण्डकी गाइघाटदेखि केदारेश्वर मन्दिरसम्म धार्मिक पदयात्रामा सहभागी भएपछि सम्बोधन गर्दै लिङदेनले कुनैपनि बेला सनातन धर्म अल्पसंख्यामा पर्ने बताए।

‘विस्तारै विस्तारै हाम्रो धर्म संस्कृतिमाथि चारैतर्फबाट आक्रमण भइरहेको छ। कुनै पनि बेला हामीले हाम्रो देशभित्रै सनातन धर्म अल्पसंख्यमा परेर संरक्षणका लागि लड्न पर्ने दिन आउन सक्ने खतराहरु देखिन थालेका छन्’, सम्बोधनका क्रममा उनले भने।
भुटानमा जस्तै सनातन धर्म मान्नेहरु देशबाट लखेटिन सक्ने उनको संकेत थियो। ‘२०४६/४७ सालतिर भुटानबाट एक लाख मानिसले भुटान छाडेर नेपाल शरणार्थीको रुपमा पसे। र आज पनि उनीहरुले भुटान फर्कन पाएनन्’, पूर्वउपप्रधानमन्त्रीसमेत रहेका लिङदेनले भने, ‘त्यहाँ बस्ने सबैले जोङखा भाषा बोल्नुपर्ने, बौद्ध धर्म मान्नुपर्ने, बक्खु लगाउनुपर्ने भयो। त्यहाँको संस्कृति त्यहाँको धर्म अंगिकार गर्नुपर्ने र आफ्नो धर्म छाड्नुपर्ने अनिवार्य गरियो।’

भुटानका १ लाख नेपाली भाषीले आफ्नो धर्म, भाषा छोड्नुपर्ने भएकाले देश छाडेको उनले सुनाए।
लिङदेनले धर्म निरपेक्षताको पक्षपातिलाई भोट हाल्नेहरुले गरेको अनुष्ठान पूर्ण नहुने बताए। धर्म निरपेक्षताको पक्षपातिलाई भोट हाल्नु धर्म विरुद्धको कार्य भएको र धार्मिक मान्यता अनुसार धर्म विरुद्ध काम गर्नेहरुले गरेको अनुष्ठान पूर्ण नहुने उनको तर्क थियो ।
अध्यक्ष लिङदेनले कतिपय अवस्थामा देशभन्दा पनि माथि धर्म हुने औंल्याएका छन् । ‘हामीले दल र दर्शनभन्दा माथि देश भन्दै आएका छौं । सबैभन्दा माथि देश भन्दै आएका छौं । तर, देश भन्दा माथि धर्म हुँदोरहेछ’ उनले भने ।

पूजापाठ गर्न पाएकामा, धार्मिक अनुष्ठान लगाउन पाएकामा र नाचगान गर्न पाएकामा ढुक्क नहुन उनको आग्रह छ ।
हिन्दु राष्ट्र फर्काउने लिङदेनका दुई उपाय
राप्रपा अध्यक्ष लिङदेनले नेपालमा हिन्दु राष्ट्र कायम गराउने दुई वटा उपाय रहेको औंल्याएका छन् ।

पहिलो उपाय धर्मनिरपेक्षताका पक्षपातीलाई हराएर हिन्दुराष्ट्रका पक्षपातीलाई भोट दिने र दोस्रो उपाय बंगलादेशको बाटो रहेको उनले सुझाए । उनले थपे – त्यो प्रिय बाटो होइन, त्यो अप्ठेरो बाटो हो । तर अन्तिम विकल्पमा त्यो उपाय अपनाउनुपर्ने अवस्था आउने समेत उल्लेख गरेका छन् ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन