गएराति २ बजेको समयमा पोखरा लेकसाइडमा २० वर्षीया युवतीलाई हतियार देखाएर लुटपाट गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
राति २ बजेको समयमा ति युवती एक्लै बाटोमा हिँडिरहेको समयमा एउटा स्कुटर र एउटा बाइकमा आएका पाँच जनाले धारिलो हतियार चक्कु देखाई घाँटीमा राखी डर त्रासमा पारी दुई तोला बराबरको सुनको सिक्री र नगद १२ हजार तथा लेदरको कालो रङको ज्याकेट समेत लुटी फरार भएका थिए ।
वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलिले उक्त घटनामा संलग्न पोखरा महानगरपालिका वडा नं। १८ बस्ने वर्ष ३७ को देवन गुरुङ, सोहि ठाउँका वर्ष १९ को आजित रुचाल भन्ने हितमान सार्की, तनहुँ ब्यास नगरपालिका वडा नं।३ घर भई पोखरा ५ बस्ने वर्ष १८ को अनिश भट्टलाई उक्त घटनामा प्रयोग भएको ग ८ प ६९२४ नं को डियो रातो रंगको स्कुटर र ग ११ प ९८२७ को मोटरसाइकलसहित पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।
खानतलासी गर्दा निजहरूको साथबाट उक्त सुनको सिक्री बिक्री गरी आएको रकम एक लाख तीन हजार पाच सय बरामद भएको प्रहरीले बताएको छ ।
उक्त सुनको सिक्री किन्ने पोखरा महानगरपालिका वडा नं। ४ गणेशटोल बस्ने बिकास सुन चाँदी पसलका संचालक नारायण प्रसाद बि।क। र एस। पि। मान्मा ज्वेलर्सका संचालक प्रशान्त मान्मा समेतलाई नियन्त्रणमा लिई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
सुन्तला रोप्दै गरेका रेग्मी घाइते बनेको घटनामा धरौटीमा छुटेका शाही पुनः पक्राउ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
दान बहादुर कार्की बने नेपाल प्रहरीको ३३ औं महानिरीक्षक
जेनजी आन्दोलनमा ट्राफिक कार्यालयबाट मोटरसाइकल चोर्ने पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’