गएराति २ बजेको समयमा पोखरा लेकसाइडमा २० वर्षीया युवतीलाई हतियार देखाएर लुटपाट गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
राति २ बजेको समयमा ति युवती एक्लै बाटोमा हिँडिरहेको समयमा एउटा स्कुटर र एउटा बाइकमा आएका पाँच जनाले धारिलो हतियार चक्कु देखाई घाँटीमा राखी डर त्रासमा पारी दुई तोला बराबरको सुनको सिक्री र नगद १२ हजार तथा लेदरको कालो रङको ज्याकेट समेत लुटी फरार भएका थिए ।
वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलिले उक्त घटनामा संलग्न पोखरा महानगरपालिका वडा नं। १८ बस्ने वर्ष ३७ को देवन गुरुङ, सोहि ठाउँका वर्ष १९ को आजित रुचाल भन्ने हितमान सार्की, तनहुँ ब्यास नगरपालिका वडा नं।३ घर भई पोखरा ५ बस्ने वर्ष १८ को अनिश भट्टलाई उक्त घटनामा प्रयोग भएको ग ८ प ६९२४ नं को डियो रातो रंगको स्कुटर र ग ११ प ९८२७ को मोटरसाइकलसहित पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।
खानतलासी गर्दा निजहरूको साथबाट उक्त सुनको सिक्री बिक्री गरी आएको रकम एक लाख तीन हजार पाच सय बरामद भएको प्रहरीले बताएको छ ।
उक्त सुनको सिक्री किन्ने पोखरा महानगरपालिका वडा नं। ४ गणेशटोल बस्ने बिकास सुन चाँदी पसलका संचालक नारायण प्रसाद बि।क। र एस। पि। मान्मा ज्वेलर्सका संचालक प्रशान्त मान्मा समेतलाई नियन्त्रणमा लिई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
रवि लामिछानेमाथि लागेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा सरकारद्वारा फिर्ता
अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
१५ वर्षीया बालिका मृत्यु प्रकरण: पुतलीबजारका ४४ वर्षीय तिवारी पक्राउ
‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ