पोखरा । गीताञ्जली साहित्य परिवार पोखराले हरेक बर्ष झै यस बर्ष पनि तिन बिधाका साहित्यीक श्रष्टाहरुलाई सम्मान गर्ने भएको छ ।
गीताञ्जली साहित्य रत्न पुरस्कार , रुक्मिणा नाराणदत्त( रुना ) साहित्य पुरस्कार र तुलसी मुवा अहिल्या बाल प्रतिभा पुरस्कार गरि तिन बिधामा साहित्यकारहरुलाई सम्मान गरिने भएको गीताञ्जली साहित्य परिवार पोखराका अध्यक्ष भानु भण्डारी “ क्षितीज ” ले बताए ।
प्रतिभा छनौट प्रकृयाका लागि प्रा.डा. जगन्नाथ रेग्मी को संयोकत्वमा तिन सदस्यीय प्रतिभा छनौट उपसमिति गठन गरिएको थियो जस्को सदस्यहरुमा अक्षयकोष दाता मुक्तकमणि तिर्थ राज अधिकारी र संस्थाका अध्यक्ष भानु भण्डारी ( क्षितीज ) रहेका थिए । तिन सदस्यीय प्रतिभा छनौट उपसमितिले दिएको प्रतिवेदन कार्यसमितिबाट अनुमोदन गरि सार्वजनिक गरिएको हो ।
गीताञ्जली साहित्य रत्न पुरस्कार बाट पृथ्वीनारायण क्याम्पसका उपप्रध्यापक लघु कथाकार कल्याण पन्त लाई प्रदान गरिने भएको छ ।
उक्त पुरस्कारबाट यसअघि तेजनाथ घिमिरे, डा. जगमान गुरुङ, तारानाथ पाखे, डा. नारायणप्रसाद अधिकारी, रुद्रबहादुर थापा, प्रा.डा. कुसुमाकर न्यौपाने, प्रा.डा. जगन्नाथ रेग्मीलगायत सम्मानित भई सकेका छन् ।
संस्थाद्वारा सञ्चालित मुक्तक विधा केन्द्रित रुना साहित्य पुरस्कार असफल गौतमलाई अर्पण गरिने भएको छ । उक्त पुरस्कारबाट यस अघि रत्न शमशेर थापा, शंकर ज्ञवाली र लक्ष्मण थापा पुरस्कृत भइसकेका छन् ।
साहित्यका माध्यमबाट राष्ट्रियस्तरमा योगदान दिएका श्रष्टालाई प्रोत्साहित गरिने दुवै पुरस्कारको राशि २५ हजार नगद रहेको छ । गीताञ्जली साहित्य रत्न पुरस्कार संस्थाद्वारा स्थापित सञ्चालित पुरस्कार रहेको पुरस्कार हो । यस्तै, रूना साहित्य पुरस्कार संस्थाका सल्लाहकार मुक्तकमणि तीर्थराज अधिकारी परिवारद्वारा बाबा नारायणदत्त र आमा रूक्मिणाको स्मृतिमा स्थापित अक्षयकोषबाट सञ्चालित रहेको गीताञ्जली साहित्य परिवारका अध्यक्ष भानु भण्डारी क्षितिजले जानकारी दिए ।
अधिकारी परिवारले आफ्ना मातापिताको स्मृतीमा रु दुईलाख एक हजार रुपैयाकोे अक्षयकोष राखेका हुन भने सो अक्षयकोषको प्राप्त ब्याजबाट पुरस्कार बितरण गरिदै आएको छ ।
छनौेट भएका साहित्यीक श्रष्टाहरुलाई भाद्र एक गते शनिवारका दिन सम्मान गर्ने कार्यक्रम रहेको संस्थाका सचिव नरेन्द्र रानाभाटले जानकारी दिए ।
साथै सोहि कार्यक्रममा मुक्तकमणि तिर्थराज अधिकारी द्धारा रचना गरिएको सारवत कृितको बिमोचन गरिने जनाईएको छ ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?