पोखरा । गीताञ्जली साहित्य परिवार पोखराले हरेक बर्ष झै यस बर्ष पनि तिन बिधाका साहित्यीक श्रष्टाहरुलाई सम्मान गर्ने भएको छ ।
गीताञ्जली साहित्य रत्न पुरस्कार , रुक्मिणा नाराणदत्त( रुना ) साहित्य पुरस्कार र तुलसी मुवा अहिल्या बाल प्रतिभा पुरस्कार गरि तिन बिधामा साहित्यकारहरुलाई सम्मान गरिने भएको गीताञ्जली साहित्य परिवार पोखराका अध्यक्ष भानु भण्डारी “ क्षितीज ” ले बताए ।
प्रतिभा छनौट प्रकृयाका लागि प्रा.डा. जगन्नाथ रेग्मी को संयोकत्वमा तिन सदस्यीय प्रतिभा छनौट उपसमिति गठन गरिएको थियो जस्को सदस्यहरुमा अक्षयकोष दाता मुक्तकमणि तिर्थ राज अधिकारी र संस्थाका अध्यक्ष भानु भण्डारी ( क्षितीज ) रहेका थिए । तिन सदस्यीय प्रतिभा छनौट उपसमितिले दिएको प्रतिवेदन कार्यसमितिबाट अनुमोदन गरि सार्वजनिक गरिएको हो ।
गीताञ्जली साहित्य रत्न पुरस्कार बाट पृथ्वीनारायण क्याम्पसका उपप्रध्यापक लघु कथाकार कल्याण पन्त लाई प्रदान गरिने भएको छ ।
उक्त पुरस्कारबाट यसअघि तेजनाथ घिमिरे, डा. जगमान गुरुङ, तारानाथ पाखे, डा. नारायणप्रसाद अधिकारी, रुद्रबहादुर थापा, प्रा.डा. कुसुमाकर न्यौपाने, प्रा.डा. जगन्नाथ रेग्मीलगायत सम्मानित भई सकेका छन् ।
संस्थाद्वारा सञ्चालित मुक्तक विधा केन्द्रित रुना साहित्य पुरस्कार असफल गौतमलाई अर्पण गरिने भएको छ । उक्त पुरस्कारबाट यस अघि रत्न शमशेर थापा, शंकर ज्ञवाली र लक्ष्मण थापा पुरस्कृत भइसकेका छन् ।
साहित्यका माध्यमबाट राष्ट्रियस्तरमा योगदान दिएका श्रष्टालाई प्रोत्साहित गरिने दुवै पुरस्कारको राशि २५ हजार नगद रहेको छ । गीताञ्जली साहित्य रत्न पुरस्कार संस्थाद्वारा स्थापित सञ्चालित पुरस्कार रहेको पुरस्कार हो । यस्तै, रूना साहित्य पुरस्कार संस्थाका सल्लाहकार मुक्तकमणि तीर्थराज अधिकारी परिवारद्वारा बाबा नारायणदत्त र आमा रूक्मिणाको स्मृतिमा स्थापित अक्षयकोषबाट सञ्चालित रहेको गीताञ्जली साहित्य परिवारका अध्यक्ष भानु भण्डारी क्षितिजले जानकारी दिए ।
अधिकारी परिवारले आफ्ना मातापिताको स्मृतीमा रु दुईलाख एक हजार रुपैयाकोे अक्षयकोष राखेका हुन भने सो अक्षयकोषको प्राप्त ब्याजबाट पुरस्कार बितरण गरिदै आएको छ ।
छनौेट भएका साहित्यीक श्रष्टाहरुलाई भाद्र एक गते शनिवारका दिन सम्मान गर्ने कार्यक्रम रहेको संस्थाका सचिव नरेन्द्र रानाभाटले जानकारी दिए ।
साथै सोहि कार्यक्रममा मुक्तकमणि तिर्थराज अधिकारी द्धारा रचना गरिएको सारवत कृितको बिमोचन गरिने जनाईएको छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ